सुदूरपश्चिमद्वारा गण्डकी पराजित

२१ जेष्ठ २०७६, मंगलवार १६:३९
 

सदरलाइनडटकम,
काठमाण्डौ : राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशललाई ४ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो ।
९० रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले २९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिम प्रदेशको जितमा आकाश चन्दले अविजित २९ रनको योगदान दिए भने नरेन्द्र साउदले अविजित २३ तथा लोकेश बामले १५ रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका किशोर महतोले ३ विकेट लिँदा विपिन खत्रीले २ तथा दीपेश श्रेष्ठले १ विकेट लिए । त्यसअघि, पहिले ब्याटिङ गरको गण्डकी प्रदेश २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको थियो ।
गण्डकी प्रदेशका लागि राहुल शर्माले सर्वाधिक ४१ रन जोडे भने किशोर महतोले १४ रन तथा आकाश थापाले १२ रन जोडे । गण्डकी प्रदेशलाई सस्तैमा समेट्नेक्रममा सुदूरपश्चिमका विनोद लामाले व्यक्तिगत ५ विकेट लिएका थिए । त्यस्तै, महेश अधिकारी र कप्तान शेर मल्लले २र२ विकेट झारे भने नरेन्द्र साउदले १ विकेट लिए ।
जीतसँगै समूह ‘क’मा रहेको सुदूरपश्चिमले ४ खेलबाट ३ अंक जोडेर प्रतियोगिता सम्पन्न गर्यो भने पराजित गण्डकी प्रदेश जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो । समूह ‘क’बाट प्रदेश नम्बर–३ र एपीएफ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Next Post

भारतीय वायुसेनाको विमान अझै फेला परेन

२१ जेष्ठ २०७६, मंगलवार १६:३९
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय वायुसेनाको बेपत्ता भनिएको एक विमानको अवस्था २७ घण्टा बितिसक्दासमेत पत्ता लाग्न सकेको छैन । स्थानीय समयानुसार सोमवार दिउँसो करीब एक बजेबाट सम्पर्कविहीन भएको विमानको अवस्था अझै पत्ता लाग्न नसकेको हो । असमको जोराहटबाट अरुणाचलको मेनचुकाका लागि उडेको सो विमानमा १३ जना सवार रहेको बताइएको छ । […]