सदरलाइनडटकम,
सुर्खेत : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिष्टलाई सिध्याउनुपर्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिवार पत्रकारसँग संक्षिप्त कुुरा गर्दै सभापति देउवाले वर्तमान सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताए ।
सभापति देउवाले ओली सरकारकै कारण भ्रष्टाचार बढेको टिप्पणी गरे । उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाएर सर्वसाधारणलाई मारमा पारिएको सभापति देउवाको आरोप छ ।
‘कांग्रेसले राणा, पञ्चायत र राजतन्त्र फालेर अहिलेको व्यवस्था ल्याएको हो,’ सभापति देउवाले भने, ‘अब अन्तिमपटक कम्युनिस्ट शासन अन्त्यका लागि लड्न सबै तयार हुनुपर्छ ।’ उनले दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै संगठित हुने अधिकारसमेत खोस्दै लगेको दाबी गरे ।
Next Post
लामिछानेको रिहाई माग्दै कोहलपुरमा र्याली
७ भाद्र २०७६, शनिबार १७:४९
सम्बन्धित
-
२३ चैत्र २०७४, शुक्रबार ०९:४६
खजुराको वडा नंबर २ मा भित्रियो आधुनिक स्प्रे मेसिन
-
७ मंसिर २०७४, बिहीबार १९:३६
जनताले एकीकृत राप्रपा राष्ट्रवादीलाई रोज्ने छन् : प्रवक्ता कंडेल
-
२८ जेष्ठ २०७९, शनिबार ०८:३४
प्रकाशकिय : ‘सदरलाइन डटकम’को सातौ वर्ष प्रवेश
-
७ मंसिर २०७४, बिहीबार २१:४५
आगामी १० मंसिरमा चुनावी सभाको तयारीमा विवेकशील साझा पार्टी
-
१७ असार २०७७, बुधबार १३:०६
तुलसी रोेपेर हरिशयनी एकादशी मनाईंदै
-
१० चैत्र २०७३, बिहीबार २०:००
पत्रकार नेपाली माथि सशस्त्र प्रहरीद्वारा दुव्र्यबहारको आरोप