जनताले एकीकृत राप्रपा राष्ट्रवादीलाई रोज्ने छन् : प्रवक्ता कंडेल

७ मंसिर २०७४, बिहीबार १९:३६
 

सदरलाइनडटकम  
७ मंसिर, नेपालगन्ज  : एकीकृत राप्रपा राष्ट्रबादीबाट बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तेजनारायण कंडेलले आसन्न निर्वाचनमा आफु र आफ्नो पार्टीका लागि मतदान गर्न आव्हान गरेका छन् ।
बुधबार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानहरुमा मतदाताहरुसंग घरदैलो र छलफल गर्दै उनले आफुले जिते बाँकेको मुहारनै फेरीने गरी विकासका योजना तयार पारेको बताए । उनले ठूला दलको काम नगर्ने र आडम्बर मात्र देखाउने बानीले गर्दा जनताले एकीकृत राप्रपा राष्ट्रवादीलाई रोज्ने बताए ।
उनले पार्टीका अगुवा कार्यकर्ताहरुको साथमा बुधबार नेपालगन्ज उप–महानगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो र मतदाता भेटघाट गरेको जानकारी दिए । ‘मतदाताको घरघरमा पुगेको छु । सनातन हिन्दूराष्ट्रको स्थापना, राजासहितको लोकतन्त्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका चुनावी नारा बोकेर जनता र मतदाताको घरदैलोमा पुग्दा न्यानो स्वागत पाएको छु’– एकीकृत राप्रपा राष्ट्रबादीका प्रवत्ता समेत रहेका उनले भने । बुधबार नेपालगन्ज–१ को वाटरपार्क, वडा नं ९ बाँकेगाउ, वडानं ४ र ५ को केहीभागमा घरदैलो र प्रचार अभियान लिएर पुगेको जानकारी दिए ।

  


Next Post

बाँकेको समृद्धिका लागि वामगठवन्धनका उम्मेदवारलाई जिताउन एमाले नेता शंकर पोख्रेलको अपिल (भिडियो सहित)

७ मंसिर २०७४, बिहीबार १९:३६
सदरलाइनडटकम ७ मंसिर, नेपालगन्ज :  नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले बाँके जिल्लाको समृद्धिका लागि वामगठवन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेका छन् । नेपालगन्जमा बुधबार आयोजित उद्योगी व्यापारीहरुको भेलालाई सम्वोधन गर्दै ५ नं. प्रदेशका सम्भावित मुख्यमन्त्री पोख्रेलले भने ‘वामगठबन्धनको सरकार बनाउन बाँके जिल्लाले सहयोग गर्यो भने बाँकेवासीले सोचेभन्दा बढी अवसर […]