प्रकाशकिय : ‘सदरलाइन डटकम’को सातौ वर्ष प्रवेश

सदरलाइन संवाददाता २८ जेष्ठ २०७९, शनिबार ०८:३४
 

 

मोफसलमा डिजिटल पत्रिकाको प्रयोगको प्रयास गर्दै सदरलाइन डटकम सबैको र सबैभन्दा राम्रो अनलाइन समाचार पोर्टल बनाउने उद्देश्य बोकेर २०७३ जेठ २८ गतेदेखि आरम्भ गरेको यात्राले विभिन्न आरोह अवरोधलाई छिचोल्दै छ वर्ष पुरा गरी सातौं वर्षको यात्रातिर लम्केको छं । हामीले बिभिन्न आरोह अवरोह पारगर्दै आजदेखि छ बर्षको यात्रा पूरा गरेर सातौं वर्षमा प्रवेश गरेको जानकारी गराउन पाउँदा हामीले आफूलाई गौरवान्वित महसुस गरेका छौं । यस अवसरमा ‘सदरलाइन डटकम’ का पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक तथा सहकर्मी सञ्चारकर्मी सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं ।

आजभन्दा ६ वर्ष अगाडि जेठ २८ गते कै दिनबाट ‘शान्ति, विकास र संबृद्धिका लागि सञ्चार’ भन्ने मूल नारा अघि सार्दै सदरलाइन पब्लिकेशन प्रालिको व्यानरमा मोफसलबाट सुरु भएको डिजिटल पत्रिका ‘सदरलाइन डटकम’ विभिन्न आरोह अवरोहको सामना गर्दै यहाँसम्म आईपुगेको छ । हामीलाई हाम्रा पाठक तथा शुभचिन्तकको असीम माया र सद्भावकै कारण अनवरत रुपमा यहाँसम्म आइपुग्न उर्जा प्राप्त भएको हो भन्ने हाम्रो ठम्मयाई छ । छ वर्षको यो अवधिमा ‘सदरलाइन डटकम’लाई सबै नेपालीको पहुँचमा पुग्ने भरपर्दो सञ्चार माध्यम बनाउने प्रयासरत छौ । ‘सदरलाइन डटकम’को लोकप्रियता र प्रतिष्ठा कायम राख्न र अझ उचाइमा पु¥याउन सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकबाट निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछौँ ।

‘सदरलाइन डटकम’ डिजिटल पत्रिका, तस्विर र श्रव्यदृश्यका माध्यमबाट वर्तमानको अभिलेख राख्दै आएको छ । सदरलाइन पब्लिकेशन प्रालिको प्रकाशन समुहले निकट भविश्यमा अनलाइन टीभी, हेल्थईरा मासिक म्यागेजिनका साथै विभिन्न खोज तथा अनुसंधानमुलक किताब प्रकाशन गर्ने योजना रहेको हाम्रा शुभचिन्तक तथा पाठकहरुमा जानकारी गराउन चाहान्छौ ।

यो छ वर्षको अवधिमा मोफसलबाट पनि डिजिटल पत्रिका सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएका छौ । राज्यको नियमन गर्ने हरेक निकायसंग जोडिदा पनि खासगरी डिजिटल मिडियाको लागि बिज्ञापनको नीति छैन भनेर उम्कने प्रबृत्तिको अन्त्य हुन सकेको छैन । केही केहीले मात्र अनलाईन तथा डिजिटल मिडियाको महत्व बुझेर नबुझेर सहकार्य गरेको अवस्थामा डिजिटल पत्रिकाको प्रभाव महत्वलाई बुझाउन अझै प्रयत्न गर्नु पर्ने देखिएको छ ।


कोभिड–१९ को महामारीका कारण सबै क्षेत्रका उद्योग व्यवसायहरु धराशयी बनेको अवस्थामा मोफसलबाट स्रोत साधनको अभावमा पनि जनताको सूशुचित हुने अधिकारलाई सुनिश्चित बनाउदै निरन्तर रहेर हामीले कोरोनाको पहिलो र दोस्रो लहरलाई सहजै जित्यौं । कोरोना कहरमा आव्हान गरेको लक्डाउनको कारण घरमै रहेका आमसञ्चारका उपभोक्तालाई हामी आफु जोगिदै आम जनातलाई सुशुचित पार्ने कार्यमा सक्रिय रहन सफल भयौ ।

हामी हाम्रो उद्देश्य अनुरुप तथा आमपाठक, सञ्चार उपभोक्ताको चाहाना अनुसार छ वर्षको यात्रामा जुन ठाउँमा पुगेका छौं, यत्तिमै सन्तुष्ट हुने अवस्था छैन । हाम्रा समाचार सामग्रीहरुको विविधता एवं थप व्यवसायिक र स्तरीय बनाउँदै जाने हाम्रो लक्ष छ । यसका लागि हामीले दक्ष पत्रकारहरुको टिम निर्माण र उनीहरुको वृत्ति विकासमा विशेष जोड दिने नीति अबलम्बन गर्दै जाने प्रतिवद्धता जनाउन चाहन्छौं ।

अन्तमा हामी आवाजविहीन आम नागरिकको हक–अधिकारको रक्षाका लागि आफ्नो निष्ठा रहेको प्रतिबद्धता जनाउदै निरन्तर पहरेदारीमा लागि रहने छौ । आगामी दिनमा मोफसलबाट पनि ‘सदरलाइन डटकम’ जस्तो यस अनलाइन अझै लोकप्रिय, परिस्कृत, भरपर्दो एवं विश्वसनीय मोसफलबाट पनि मूलप्रवाहको अनलाइन सञ्चार माध्यमका रुपमा विकास गर्ने हाम्रो अभियानमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता एवं शुभेच्छुकहरुको निरन्तर सहयोग सुझाव अपेक्षा गर्दछौं ।

रुद्र सुवेदी
अध्यक्ष  / सम्पादक
सदरलाइन पब्लिकेशन प्रालि तथा सदरलाइन डटकम अनलाइन परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीका जनप्रतिनिधिलाई स्वागत

२८ जेष्ठ २०७९, शनिबार ०८:३४
राप्तीसोनारी (बाँके) : वन तथा वातावरण संरक्षण समन्वय समितिले शनिवार राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा सम्पूर्ण वडा अध्यक्षलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ । समितिका अध्यक्ष तुलाराम खत्रीले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, ५ नम्बर वडा अध्यक्ष झगरु थारू, ६ नम्बर वडा अध्यक्ष लबराज […]