तुलसी रोेपेर हरिशयनी एकादशी मनाईंदै

१७ असार २०७७, बुधबार १३:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आज हरिशयनी एकादशी, नेपालीले घरघरमा तुलसीको बिरुवा रोपेर मनाउँदैछन् । आषाढ शुक्ल एकादशीका दिन पर्ने हरिशयनी एकादशीलाई तुलसीरोपण एकादशी पनि भन्ने गरिन्छ ।
आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।
प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ ।
तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ । चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । आज बिहानदेखि मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।

Next Post

पत्नीको प्रहारबाट पतिको मृत्यु

१७ असार २०७७, बुधबार १३:०६
सदरलाइनडटकम, रुकुम पूर्व : श्रीमतीले चिर्पट हान्दा रुकुम पूर्वमा एक जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–२ का २३ वर्षीय बिछोड बिकको श्रीमती रेश्मा बिकले चिर्पटले हान्दा मृत्यु भएको हो । पारिवारिक विवादका क्रममा मंगलवार राति ११ बजे बिछोडको श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हान्दा श्रीमानको मृत्यु भएको वडाध्यक्ष जीवन केसीले […]

सम्बन्धित