माइती नेपालको स्थापना दिवश मनाईयो

२४ चैत्र २०७५, आईतवार २३:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : चेलीबेटी बेचविखनबिरुद्ध सक्रिय माईती नेपालले २७ औं स्थापना दिवस विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी नेपालगञ्जमा पनि मनाईएको छ ।
‘हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज भन्ने मुल नाराका साथ स्थापना भएको माईती नेपालको स्थापना दिवशको अवसरमा जनचेतना मुलक पोष्टर, पम्पलेटहरु टास्नुका साथै सुचना एवं चेतना मुलक सन्देशहरु वितरण, प्रशारण गरिएको छ । जस अन्तरगत आईतबार नेपाल भारत सिमाना जमुनाहा बोडर लगयतका बिभिन्न स्थानमा सडक अन्तरक्रिया समेत गरिएको थियो ।
माईती नेपाल नेपालगञ्जका केशव कोइरालाले २०४९ साल चैत्रमा स्थापना भएको माईती नेपालले मानव बेचबिखन रोकथामका लागि जनचेतना मुलक कार्यक्रमहरु समुदायस्तरसम्म पुगि संचालन गर्नृका साथै नेपालका बिभिन्न मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगायतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगायतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगायतका कार्य गर्दै आइरहेको जानकारी दिए ।
उनले पछिल्लो एक बर्षको अवधिमा जोखिम पुर्ण अवस्थामा रहेका ९६१ जना महिला वालवालिकालाई नेपाल भारत सिमाना जमुनाहा नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उद्धार गरिएको र भारत तथा खाडी मुलुक समेतबाट ७७ जनाको उद्धार गरिएको बताए ।
उनले यस एक वर्षको अवधिमा ८५३ जनाको खोज तलास तथा उद्धारको निबेदन परेकोमा १४० जना फेला परेको जानकारी दिदै घरेलु हिंसाका २७ वटा घटनामा परामर्श प्रदान गरिएको बताए ।

Next Post

विश्व स्वास्थ्य दिवस मेरो टुकी प्रज्ञालयमा विविध कार्यक्रम गरी मनाईयो

२४ चैत्र २०७५, आईतवार २३:०६
सदरलाइनडटकम, नेपालगञ्ज : विश्व स्वास्थ्य दिवस–२०१९ को अवसर पारेर नेपालगञ्जमा रहेको मेरो टुकी प्रज्ञालय प्रिस्कूलले स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम गरी मनाएको छ । सो दिवशको अवसरमा बरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोराले प्रज्ञालयमा अध्ययनरत सबै बालबालिकाको विशेष परीक्षण गर्दै बालबालिकाको स्वास्थ्य, पोषण र वृद्धिको अवस्थाको बारेमा जनाकारी गराईन । बबालिकाको पोषण, […]

सम्बन्धित