लैगिकहिसा बिरुद्धको १६ दिने अभियानमा बाँकेका बिभिन्न कार्यालयमा ‘गल्स टेकओभर’ कार्यक्रम

रुद्र सुवेदी २५ मंसिर २०८०, सोमबार १५:३१
 

नेपालगञ्ज : लैगिक हिसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर किशोरी सशक्तिकरणका लागि बाँकेमा मानव बेचविखनबिरुद्धको परियोजना प्रोटेक्ट बाँकेका ५ जना किशोरीहरुले एकदिनको लागि गल्स टेकओभर अन्तरगत विभिन्न कार्यालयको जिम्मेवारी लिएका छन् ।

प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको आयोजनामा किशोरी सशक्तिकरण कार्यक्रम अन्तरगत अवशर पाएमा किशोरी पनि सक्षम छन भन्ने सन्देश दिने उद्देश्यले एकदिनको लागि गल्स टेकओभर कार्यक्रम आयोजना गरी विभिन्न कार्यालयको जिम्मेवारीमा पद वाहाली गरि उनीहरुलाई सो कार्यालयले दिने सेवा र सो स्थानमा पुग्ने तौर तरिकाको बारेमा जानकारी गराउने गरिएको छ ।

क्रममा बाँकेको कोहलपुर की १७ वर्षिया प्रतिण्ठा गौतमले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको जिम्मेवारी बहन गरी उनले जिल्ला प्रशासन कार्यलय बाँकेबाट दिईने सेवाप्रवाहको बारेमा जानकारी लिनुको साथै किशोरी मैत्री प्रशासन बनाउने कुरामा जोड दिईन ।

उनले बाँकेको प्रमुख जिल्ला अधिकारीले दैनिक बहन गर्नुपर्ने जिम्मेवारीको बारेमा जानकारी लिनुको साथै निजामति सेवा प्रवेश प्रकृयाको बारेमा जानकारी लिने मौका पाएको बताईन । उनले किशोर–किशोरीमैत्री प्रशासन बनाउने, अपाङ्गमैत्री संरचना र बिभेद रहित समाज निर्माणमा आफ्नो जोड रहने स्पष्ट पारिन ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले किशोरी पनि भोलिका कर्णधार भएको कारणले उनीहरुलाई प्रोत्साहन गर्न आफुले साथ दिएको प्रतिक्रिया दिए ।


उनले भने–‘किशोर किशोरीहरु भविश्यका कर्णधार भएको कारण उनीहरुलाई समाज निर्माणको लागि हौषला र प्रोत्साहन गर्नु पर्ने भएकोले गल्स टेकओभर कार्यक्रम अन्तरगत एकदिनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रतिष्ठा गौतमलाई सुम्पिएको हो ।’ सो अवसरमा निजामति सेवा प्रवेश, प्रमुख जिल्ला अकिारीको काम कर्तव्य अधिकार र सेवाप्रवाहको बारेमा जानकारी गराईएको थियो ।

यसैगरी सोही अभियान अन्तरगत खजुराकी १७ वर्षिया हिना पाठकले जिल्ला समन्वय समितिको संयोजक बन्ने अवसर प्राप्त गरिन । उनले जिल्ला समन्वय प्रमु्ख ज्ञानेन्द्र कुमार चौधरीले गर्दै आएको कामको भुमिका निभाईन । उनले समन्वय समिति आवधिक निर्वाभन पछि ५ वर्षको कार्यकाल हुने र यसमा चुनिएर आउने प्रकृयाको बारेमा जानकारी लिदै विभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा नीति निर्माण तहमा महिलाको अर्र्थपुर्ण सहभागितासंगै सुरक्षित स्थानको निर्माण गर्ने कुरामा जोड दिने बताईन ।

यसैगरी खजुराकी १५ वर्षिया पृयंका चौधरीले खजुरा गाउपालिकाको अध्यक्षको रुपमा गल्स टेकओभर कार्यक्रम अन्तरगत एक दिनको पालिका अध्यक्ष बनिन । उनीले खजुराका अध्यक्ष डम्बर विक तुफानबाट पालिका अध्यक्षको भूमिकामा निर्वाह गर्ने कामको बारेमा जान्ने तथा सेवा प्रवाहको बारेमा जानकारी लिन सहयोग पुगेको बताईन ।

कोहलपुरकी यमुना घिमिरे र सुशीला सिंह ठकुरीले क्रमश कोहपुरका प्रमुख प्रशाशकिय अधिकृत ढोकलराज ढकाल र बैजनाथ गाउपालिकाका शिक्षा शाखा प्रमुख बिश्वराज ढकालको स्थानमा एकदिनको प्रमुख प्रशाशकिय अधिकृत र शिक्षा शाखा प्रमुखको जिम्मेवारी बहन गरेका थिए ।

प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्तोष पुलामीले किशोरी शशक्तिकरणका लागि उनीहरुको मनोबल बढाउन र उनीहरुलाई सभ्य नागरिक बन्नको लागि सहयोग पुराउने उद्देश्यले गल्स टेकओभर कार्यक्रम सञ्चालन गरिएको बताए । यो कार्यक्रमले समाजमा खासगरी किशोर किशोरीहरुमा सकारात्मक सन्देश प्रवाह गरेको आफुले पाएको बताए ।

     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

(सामी)द्वारा नेपालगञ्ज वडा नं. १ मा अनुगमन

२५ मंसिर २०८०, सोमबार १५:३१
नेपालगञ्ज : सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले नेपालगञ्जको वडा नम्बर १ मा अनुगमन गरेको छ । वित्तीय साक्षरता कक्षा, मनोसामाजिक परामर्श सेवा र आप्रवासी स्रोत केन्द्रको अनुगमन तथा मूल्यांकन गरिएको हो । उपप्रमुख कमरुद्दिन राई, कार्यपालिका सदस्य वसन्त कनोजिया, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा लगायतले अनुगमन गरेको कार्यक्रम संयोजक कमलसिंह नेपालीले […]