सदरलाइनडटकम,
काठमाण्डौ : भारतको पश्चिम बंगाल राज्यको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । पश्चिम बंगाल राज्यको उत्तर २४ परगना जिल्लाको कचुवास्थिति लोकनाथधाममा भागदौड भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार लोकनाथधाम मन्दिरमा शुक्रवार बिहान करीब तीन बजे श्रीकृष्ण जन्माष्टमीका अवसरमा भक्तजनहरुको भिड जम्मा भएको थियो । सोहीक्रममा वर्षा हुन थालेको थियो ।
त्यसपछि मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किँदा भागदौड मच्चिएको हो । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र गम्भिर घाइते भएकाहरुलाई जनही एक लाख र सामान्य घाइतेहरुलाई पचास हजार रुपैयाँ राहत दिने घोषणा गरेकी छन् ।
घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । मुख्यमन्त्री ममता बजर्नीले शुक्रवार विहान अस्पताल पुगेर घाइतेहरुलाई भेटेकी छन् ।
(एजेन्सी)
