मन्त्रालयबाट खजुराले पायो ९२ लाख

२९ पुष २०७६, मंगलवार १७:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा ९२ लाख प्राप्त गरेको छ । उद्योग मन्त्री लेखराज भट्ट, राज्य मन्त्री मोतीलाल दुगडलगायत मन्त्रालयका बरिष्ठ अधिकारीको उपस्थितीमा काठमाण्डौमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।
स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रीपरिषद बैठकले गत आर्थिक वर्षमा ३२ वटा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरिसकेको थियोे । पहिलो चरणमा छनौट भएका ३२ वटा स्थानीय तह मध्ये बाँकेका गाउँपालिकामा खजुरा मात्र परेको छ । औद्योगिक ग्राम कार्यक्रमको समझदारीका लागि खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी काठमाण्डौ गएका छन् ।
उक्त सम्झौतापछि खजुरा ५ पुरनौमा औद्योगिक ग्राम प्रक्रिया अगाडी बढ्ने कक्षपतिले बताए । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै कक्षपतिले औद्योगिक ग्रामको काम ‘फाष्टट्रयाक’मा गर्नुपर्ने सुझाव दिएका छन् । छिटो भन्दा छिटो काम सकेर सरकारी अभियानलाई सघाउनुपर्ने उनको धारणा छ ।

Next Post

एसईईको नतिजा सुधारका लागि बाँकेका गणित र विज्ञान शिक्षकलाई अभिमुखिकरण

२९ पुष २०७६, मंगलवार १७:५२
सदरलाइनडटकम, नेपालगञ्ज : पाँच नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निर्देशित गरे अनुरुप प्रदेशको सामुदायिक विद्यालयको गणित र विज्ञान विषयको नतिजा सुधार ल्याउन बाँकेमा विषेश कक्षा सञ्चलनको तयारी सुरु भएको छ । सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जको आयोजनामा शैक्षिक अभियानहरु अन्तरगत गणित र विज्ञान विषयको नतिजा सुधार अभियान अन्तरगत मंगलबार शिक्षकहरुलाई […]