बिषादी प्रयोग र असरबारे अन्तरक्रिया

६ भाद्र २०७६, शुक्रबार १८:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  जीवनाशक बिषादी ब्यवस्थापन अवशेष परिक्षण सम्बन्धमा अत्याधिक बहश भैरहेको बेलामा नेपालगन्जमा सो विषयमा सरोकारवाला निकायका बीचमा अन्तरक्रिया गरिएको छ ।
उपभोक्ता हित संरक्षण मन्च नेपालको आयोजना तथा साउथ एशिया वाच अन ट्रेड ईकोनोमी एण्ड ईन्भाईरोमन्ट (सावती)को सहकार्यमा सम्पन्न सो कार्यक्रममा जीवनाशक बिषादी ब्यवस्थापन अवशेष परिक्षण संचय बिक्रि, बितरण प्रयोग र नष्ट गर्ने सम्बन्धमा अल्पज्ञानको कारणले धनजनको क्षति र वातावरणमा पारेको प्रतिकुल असरको बारेमा अन्तरक्रियामा छलफल गरिएको थियो ।
सो कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष अधिवक्ता ज्योती वानियाले विषादीको असर बारे अज्ञानताको कारणले साधारण किसानदेखि आम उपभोक्ताहरु विभिन्न प्रकारका रोगको शिकार हुनु परेको भन्दै सकेसम्म विषादीको प्रयोग नगर्नको लागि एक विशेष अभियान नै सञ्चालन गर्नु पर्ने बताए । उनले विषादीको प्रयोगको बारेमा निर्माण हुन लागेका कानूनको बारेमा समेत जानकारी गराएका थिए ।
सो कार्यक्रममा नेपालगन्ज उप–महानगरका उपमेयर उमा थापामगरले विषादीको प्रयोग जानेर भन्दा पनि नजानेरै बढी हुँदै आएको बताउदै यसलाई न्यूनिकरण गर्दै लैजानु पर्ने बतईन ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाँकेका अध्यक्ष बसन्त गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, कृषि ज्ञान केन्द्रका शकिल अहमद, पशु तथा भेटनरी अस्पतालका वशिर अहमख खाँ, औषधि व्यवस्था विभागकी निनु श्रेष्ठ, खाध्य तथा गुण नियन्त्रण कार्यालय बाँकेका ज्योत्सना श्रेष्ठ एग्रेभेट व्यावसायी संघ बाँकेका विनोद तिवारी, सावतीका निलु थापालगायतले विषादिको प्रयोगले पारेको असर, क्षति र वातावरणमा पारेको प्रतिकुलता बारेमा आआफ्नो धारणा राखेका थिए ।

Next Post

नेपालगञ्जमा राष्ट्रिय वालअधिकार दिवसको तयारी

६ भाद्र २०७६, शुक्रबार १८:०५
सदरलाइनडटकम, नेपालगञ्ज :  सुनिश्चित बालअधिकार ः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ नेपालगञ्ज उप–महानगरपालिकाले राष्ट्रिय बालअधिकार दिवस–२०७६ सप्ताहब्यापी कार्यक्रम गरि मनाउने भएको छ । नगरस्तरीय बालअधिकार समितिका संयोजक रहेकी नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा शुक्रबार बसेको बैठकले सप्ताहव्यापी कार्यक्रमसहित दिवस मनाउने निर्णय गर्दै त्यसको तयारीलाई तीब्र पारिएको […]

सम्बन्धित