भरुवा बन्दुकसहित बझाङमा एक पक्राउ

४ भाद्र २०७६, बुधबार १७:४०
 

सदरलाइनडटकम,
बझाङ : भरुवा बन्दुकसहित प्रहरीले बझाङमा स्थानीय एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका १ भाराभिड बस्ने ४५ वर्षीय लालबहादुर बोहरा रहेको प्रहरीले जानाएको छ ।
प्रहरी चौकी स्याडीबाट प्रहरी सहायक निरीक्षक धनन्जय जोशीको कमाण्डमा खटिएको हाईवे गस्ती टोलीले जयपृथ्वी राजमार्गमा उक्त बन्दुकसहित बोहरालाई पक्राउ गरेको हो । भिराभिडबाट नजिकैको दउलेख बजारतर्फ से३प २९५२ नम्बरको मोटरसाइकलमा सवार बोहराले काधमा बन्दुक बोकेको देखेपछि गस्तीमा गएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको थियो ।
बोहराले चलाइरहेको मोटरसाइकल चेकजाँच गर्दा बिना ईजाजत अवैध एक वटा एक नाले भरुवा बन्दुक भेटेपछि प्रहरीले मोटरसाइकलसहित बोहरालाई जिल्ला प्रहरी कार्यालय पुर्याइएको हो ।
पक्राउ परेका बोहरामाथि हात हतियार खरखजना कसूर मुद्दा दर्ता गरी बझाङ जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Next Post

पन्ध्र लाख भारतीय रुपैयाँसहित पाँच पक्राउ

४ भाद्र २०७६, बुधबार १७:४०
सदरलाइनडटकम, दाङ : पित्तलको मुर्तिलाई सुनको मुल्यमा बेच्ने ५ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौदेखि पित्तलको बुद्धको मूर्ति खरीद गरी सुनको जलप लगाई भारतीय नागरिकलाई बेच्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त गिरोहले दाङको भारतीय सिमाना भैसाहीमा भारतीय नागरिकलाई १५ लाख ८९ हजार ५०० भारतीय रुपैयाँमा […]