बाँकेमा २५ वर्षिय किशोरीको कोरोना संक्रमणबाट मृत्यु

सदरलाइन संवाददाता १६ आश्विन २०७७, शुक्रबार १८:०४
 


नेपालगञ्ज  : बाँकेमा शुक्रबार कोरोना संक्रमणबाट २५ बर्षिय किशोरीको मृत्यु भएको छ । उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका–२ स्थायी घर भई नेपालगञ्ज–९ बाँकेगाउमा बस्दै आएकी उनीलाई भदौ ३० गते नै कोरोना संक्रमण पुष्टि भई भेरी अस्पतालको आईशोेलेशन वार्डमा भर्ना गरिएको थियो ।

उनलाई रेमडेसिभिर, सिपिएपि र प्लाज्मा थेरापी तथा भेन्टिलेटर समेतको प्रयोग गरी उपचार गरिएकोमा उनको शुक्रबार पौने पाँचबजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।


नेपालगञ्जको निदान डाईगोनोस्टिक सेन्टरको लेखा शाखमा कार्यरत रहेकी यी किशोरीसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । बाहिर जिल्लाका ८ जनाको ज्यान गईसकेको छ ।

Next Post

प्रदेश पाँचको स्थायी राजधानी दाङ्गदेउखुरी तोकिएको भन्दै बुटवलमा विरोध

१६ आश्विन २०७७, शुक्रबार १८:०४
बुटवल  : पाँच नंम्बर प्रदेश सरकारले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र बनाउने निर्णय सहितको प्रस्तावको विरोध जनाउदै नेपाली काँग्रेस निकट नेविसंघले बुटवलमा प्रदर्शन सुरु गरेको छ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरे लगत्तै बुटवलमा प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गर्दै प्रदर्शन गर्न […]

सम्बन्धित