बाँकेका १० सहित १३ जनामा कोरोना पुष्टि

२८ श्रावण २०७७, बुधबार १६:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बुधवार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले बुधवार जारी गरेको सूचनाअनुसार ४ नेपाली सेनासहित बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्जका ४ र कोहलपुरका ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै बर्दियाका ३ जनामा संक्रमण पुष्टि भएको छ । पश्चिम पृतना शिक्षालय कौशिल्यानगरमा कार्यरत ४ जवान नेपाली सेनाका भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ सय ६७ जना पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ४ सय ५ जना कोरोनामुक्त भई घर फर्केका छन् ।

Next Post

क्वारेन्टाइनबाट फरार तीनै जना पक्राउ

२८ श्रावण २०७७, बुधबार १६:४३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको एक क्वारेन्टाइनबाट फरार भएका तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ को खैरेनी क्वारेन्टाइनबाट मंगलवार राती फरार भएका तीनै जनालाई ईलाका प्रहरी कार्यालय बैजापुरले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा पठाएको छ । बैजापुर प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष खनालको नेतृत्वमा […]

ताजा अपडेट