सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । मंगलवार केन्द्रको उद्घाटन गर्दै वडाध्यक्ष जुम्मन खाँले हरेक वडाबासीको स्वास्थ्य सेवाप्रति वडा कार्यालय सँधै सचेत रहेको बताए । स्वास्थ्य सबैभन्दा पहिलो आवश्यकता हो, वडा अध्यक्ष खाँले भने,– स्वास्थ्य केन्द्रका लागि वडा कार्यालयले सधै सहयोग गर्नेछ ।
उनले वडा कार्यालयसँगै केन्द्रको भवन निर्माणका लागि पहल भईरहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका सिनियर अहेब हरिहर तिवारीले नगरभित्रका सबै २३ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना हुनेक्रममा रहेको जानकारी दिए ।
अब वडा नम्बर ११ मा मात्रै आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन हुन बाँकी रहेको जानकारी दिँदै उनले यसैबर्ष त्यहाँपनि केन्द्र सञ्चालनमा आउने बताए । मंगलवारनै वडा नम्बर ९ मा पनि स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । वडाध्यक्ष विष्णु लामाले आधारभुत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेका थिए ।