सदरलाइनडटकम,
दाङ : दाङमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । दाङको राप्ती राप्ति गाउँपालिका वडा नं. १ पाखापानी निवासी काशीराम कुमालको घरमा शुक्रावर राति ९ बजे आगालागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार खरले छाएको घरको भान्साकोठामा बालेको आगोवाट एक्कासी आगलागी भएको हो । आगलागी हुँदा घरम रहेका कुखुरा, अन्नपात, लत्ताकपडा, जिन्सी सामान जलेको प्रहरीले बताएको छ ।
समयमै आगलागी भएको थाहा पाएकाले थप क्षति हुन पाएन । प्रहरी तथा स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिईएको थियो ।
