समाज परिर्वतनमा संघसंस्थाको उल्लेख्य भूमिका : संयोजक श्रीवास्तव

३२ श्रावण २०७६, शनिबार १९:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले समाज परिर्वतनमा संघसंस्थाहरुको उल्लेख्य भूमिका रहेको बताएका छन् ।
शनिवार नेपालगञ्जमा आयोजना गरिएको सभ्य समाज नेपाल बाँकेको दोस्रो साधारणसभाको उद्घाटन शत्रमा बोल्दै संयोजक श्रीवास्तवले देशको विकासमा संघसंस्थाहरुको बिशेष योगदान हुने गरेको बताए । उनले समग्र राष्ट्रको विकासमा संघसंस्थाहरुले सञ्चालन गर्ने कार्यक्रमले जनतामा परिवर्तन आउने गरेको र सोही परिवर्तनले विकासमा सहयोग पुग्ने हुँदा समाज परिवर्तनका लागि संस्थाहरुको हुनुपर्ने जिकिर गरे ।
उद्घाटन शत्रमा बोल्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण भक्त उपाध्यायले संघसंस्थाले थुप्रै राम्रो काम गरिरहेको हुँदा संघसंस्था नै यो देशको बिकासको अर्को खम्बा भएको बताए । उनले कतिपय संस्थाहरु झोलामा रहेको र उनीहरुले उद्देश्यअनुरुप कार्य सञ्चालन गर्न नसकेकोले त्यस्तो संस्थाको रुपमा नबन्न सभ्य समाजलाई आग्रह गरे ।

समाजको अध्यक्षमा पुनः यादव चयन
सभ्य समाज नेपाल बाँकेको अध्यक्षमा पुन सूर्यलाल यादव चयन भएका छन् । शनिवार नेपालगञ्जमा सम्पन्न संस्थाको दोस्रो साधारण सभाले दोस्रोे कार्यकालका लागि पुनः यादवलाई सर्वसहमतिबाट चयन गरेको छ ।
साधारणसभाले ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पुष्पा सुनार, महासचिवमा भिष्म लोध, सचिवमा राजु यादव र कोषाध्यक्षमा मिना पुन चयन हुनुभएको हो । त्यस्तै कार्यसमिति सदस्यहरुमा दिपक बज्रचार्य, मकबुल अहमद मुकेरी, गिता घर्तिमगर र दल बहादुर सुनार चयन हुनुभएको निर्वाचन संयोजक पवन कुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वार्चित कार्यसमिति ३ वर्षको रहने छ ।


गरिब तथा बिपन्न पाँच बिद्यार्थीलाई छातबृति प्रदान
सभ्य समाज नेपाल बाँकेले गरिव तथा बिपन्न परिवारका पाँच जना बिद्यार्थीलाई छात्रबृति प्रदान गरेको छ । संस्थाले आफ्नो दोस्रो साधारणसभाको अवसरमा गरीब, अशहाय, बिपन्न परिवारका पाँच जना बिद्यार्थीहरुलाई अध्ययन सहयोगका लागि शैक्षिक सामग्री प्रदान गरेको छ ।
बाँकेका बिभिन्न बिद्यालयमा अध्ययनरत, आमा बुबाको शहरा नभएको, आर्थिक अवस्थाले कम्जोर परिवार र जेहेन्दार बिद्यार्थी झोला, दश वटा कपि र दश वटै डटपेनका दरले पाँचै जनालाई छात्रबृति प्रदान गरिएको संस्थाका महासचिव भिष्म लोधले जानकारी दिए । साधारणसभाको उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ठ अतिथि र अतिथिहरुले बिद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्दै राम्रोसंग पढन, मेहनत गर्न आग्रह गरे ।
छात्रबृति पाउनेहरुमा बाँकेको नरैनापुर गाउँपालिकाको महेन्द्र माध्यमिक बिद्यालय मटेहिया ९ कक्षामा अध्ययनरत रोशनी बानो दर्जी, नरैनापुर वडा नं. ६ स्थित जय किसान माध्यमिक बिद्यालय ९ कक्षाका बर्मा गोडिया, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा माध्यमिक बिद्यालय ९ कक्षाका मुनिर अलि वागवान, जानकी गाउँपालिका वडा नं. ३ स्थित आधारभूत बिद्यालय बन्जारेगाउँ ८ कक्षामा अध्ययनरत आशा कहार र डुडुवा गाउँपालिकास्थित शहिद माध्यमिक बिद्यालय ९ कक्षामा अध्ययनरत स्मृति पुन मगरलाई छात्रबृति प्रदान गरिएको अध्यक्ष यादवले जानकारी दिए ।
त्यस्तै सोही अवसरमा संस्थाका कार्यक्रम संयोजक राजु यादवलाई प्रमात्र पत्र तथा दोसल्लाले सम्मान गरिएको छ । इमान्दार र कर्मठ भएर संस्थाको कार्यक्रमलाई सफल बनाउन सक्रिय रहनुभएको भन्दै यादवलाई सम्मान गरिएको हो ।

Next Post

माता बागेश्वरी सहकारीको साधारण सभा सम्पन्न

३२ श्रावण २०७६, शनिबार १९:१९
सदरलाइनडटकम, नेपालगञ्ज   : पाँच नंम्बर प्रदेश की भुमि व्यवस्था सहकारी तथा कृषि मन्त्री आरती पौडेलले सहकारीका कारण विपन्न वर्गको आयआर्जनमा सहज भएको दाबी गरेकी छन् । उनले नेपालगञ्जमा माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सो दाबी गरेकी हुन । ‘सहकारीहरुले विपन्नदेखि सामान्य जनताको […]