रुकुमस्थित कमलदहमा डुबेर एक जनाको मृत्यु

सदरलाइन संवाददाता ७ श्रावण २०७९, शनिबार १५:१३
 

रुकुम : रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको कमलदहमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारका ४५ वर्षीय गोपाल विकको ज्यान गएको हो ।

शनिबार दिउँसो दहमा पौडी खेल्न गएका विकको कमलको फूल टिप्ने बेला डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।


विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको डीएसपी डाँगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन बर्षीया बालिका ढुङ्गाले हानेर फालेको अवस्थामा फेला

७ श्रावण २०७९, शनिबार १५:१३
नेपालगञ्ज : दाङमा ३ बर्षिय बालिका बलात्कार पछि ढुङ्गाले हानेर फालेको अवस्थामा फेला परेकी छन् । दाङ जिल्ला बवई गाउँपालिका वडा नम्बर ५ बस्ने सबिना बिककी छोरी बर्ष ३ कि सन्या बिकलाई बलात्कारपछि ढुङ्गाले हानेर फालेको अबस्थामामा फेला पारेको पिडित बालिकाको हजुरबुवा तिलक बिकले बताएका छन् । बालिकालाई शनिबार दिउँसो […]