आर्मी र प्रहरीलाई २–२ स्वर्ण

६ बैशाख २०७६, शुक्रबार २०:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : आठौँ  राष्ट्रिय  खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्जको नगरभवनमा जारी भारत्तोलन प्रतियोगिताको पहिलोदिन मै ११ वटा राष्ट्रिय रेकर्ड कायम हुँदै ४ स्वर्णको टुंगो लागेको छ । महिला तर्फ ६ वटा र पुरुष तर्फ ५ वटा राष्ट्रिय कृतिमान कायम गर्दै विभागिय टिम नेपाली सेनाले २ र प्रहरीले २ स्वर्ण जित्न सफल भएका हुन ।
शुक्रबार भएको खेलमा ४५ किलो तौल समुहमा नेपाली सेनाको विभागिय टिमकी रिता गुरुङ्गले स्नेचमा ४५ किलो, क्लिन एण्ड जर्क ५० र कुल तौलमा ९५ किलो उठाउदै स्वार्ण पदक जित्दै स्नेच, क्लिन एण्ड जर्क र कुल तौलमा गरी ३ वटा नयाँ राष्ट्रिय कृतिमान कायम गरिन ।
सोही तौल समुहमा प्रदेश ५ की हिरामोती चौधरीले स्नेच ३० किलो, क्लिन एण्ड जर्क ४४ किलो र कुल तौलमा ७४ किलो उचाल्दै रजत र प्रदेश २ की कमला सदाले स्नेच ३०, क्लिन एण्ड जर्क ३७ र कुल तौलमा ६७ किलो उठाउदै काँश्य पदक जितिन ।
महिला कै ४९ किलो तौलसमुह महिला तर्फ नेपाल प्रहरीको विभागिय टिमकी संगिता राईले स्नेचमा ५८ किलो क्लिन एण्ड जर्कमा ७५ किलो गरी कुल १३३ किलो उठाउदै उनले स्वर्ण पदक जितिन । उनले स्नेच, क्लिन एण्ड जर्क र कुल तौलमा ३ वटा राष्ट्रिय कृतिमान कायम गरेकी छन् ।
प्रदेश १ की करिना चौधरीले स्नेच ४५, क्लिन एण्ड जर्क ५७ र कुल तौलमा १०२ किलो उचाल्दै रजत पदक जित्न सफल भईन भने प्रदेश ५ की पवित्रा थापामगरले स्नेच,४० क्लिन एण्ड जर्क ४५र कुल तौलमा ८५ किलो उचाल्दै काँश्य पदकमा चित्त बुझाईन ।
यसैगरी पुरुष तर्फको ५५ किलो तौल समुहमा नेपाली सेनाको विभागिय टिमका तुलाराम महतोले स्नेच ८० किलो, क्लिन एण्ड जर्कमा ९५ र कुल तौलमा १७५किलो उचाल्दै स्नेच, र कुल तौलमा २ वटा राष्ट्रिय कृतिमान कायम गर्दै स्वर्ण पदक जिते ।
सोही समुहमा नेपाल प्रहरीका गणेश रानाभाटले स्नेच ७१ किलो, क्लिन एण्ड जर्क ९० र कुल तौलमा १६१ किलो उचाल्दै रजत पदक जित्दा सुदुर पश्चिम प्रदेशका रबीलाल चौधरीले स्नेच ७५, क्लिन एण्ड जर्क ८५ र कुल तौलमा १६० उचाल्दै काश्यपदक जिते ।
पुरुष तर्फ कै ६१ किलो तौल समुहमा नेपाली सेनाका राजु चौधरीले स्नेच ९० किलो, क्लिन एण्ड जर्क ११० र कुल तौलमा २०० किलो तौल उचल्दै स्नेच, र कुल तौलमा २ वटा राष्ट्रिय कृतिमान कायम गर्दै स्वर्ण पदक जिते ।
सो तौल समुहमा नेपाल प्रहरीका मोती लामाले स्नेच ९२ किलो क्लिन एण्ड जर्कमा १०५ किलो र कुल तौलमा १९७ किलो उचाल्दै स्नेचमा राष्ट्रिय कृतिमान सहित रजत पदक जिते भने नेपाली सेनाका सन्तोष थपलियाल स्नेच ८१ , क्लिन एण्ड जर्क १०० र कुल तौलमा १८१ उचाल्दै काश्यपदक जित्न सफल भएको भारत्तोलन खेलका संयोजक बिजेन्द्र विक्रम शाहले जानकारी दिए ।

Next Post

आइटीएफमा आर्मी र प्रदेश ३ लाई १–१ स्वर्ण

६ बैशाख २०७६, शुक्रबार २०:१२
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसको हलमा जारी आईटिएफ तेक्वान्दोमा प्याट्रन समुहका दुई खेलको नतिजा सार्वजनिक भएको छ । आईटिएफ तेक्वान्दोका अन्जान धमलाले दिएको जानकारी अनुसार निलो पेटी समुहको पुरुषमा प्रदेश ३ का शिशिर राईले स्वर्ण र प्रदेश ५ का सोनु केवटले रजत पदक […]