दुई चिकित्सकसहित बाँकेमा ७ जनामा कोरोना पुष्टि

१८ श्रावण २०७७, आईतवार १८:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आइतवार बाँकेमा दुई चिकित्सकसहित सात जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका थप सात जनासहित १२ जनामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये जिल्ला अदालत बाँकेबाट संकलन गरिएको नमुनामध्ये पाँच जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज वडा नं. ६ का ४०, वडा नं. ७ का ५५, वडा नं. १८ का ४६, खजुराका २२ र भेरी नगरपालिका वडा नं. ३ सुर्खेतका गरी पाँच जनामा संक्रममण पुष्टि भएको छ ।
यस्तै सेनाको अस्पताल राँझाबाट संकलन गरिएको स्वाबमध्ये नेपालगञ्ज वडा नं. २० का ३३ र ३४ तथा गुलरिया नगरपालिका वडा नं. ५ का २३ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै सेनाको फिए दाङबाट संकलन भएको नमुनामध्ये बोलानगर, सिन्धुलीका ३५ वर्षीय पुरषमा कोरोना देखिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै खजुरा ६ का ३७ वर्षीय र टिकापुर कैलाली १ का २६ र ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।


Next Post

नेपालगञ्ज उपमहानगरका वडा अध्यक्ष र कर्मचरीलाई कोरोना पुष्टी

१८ श्रावण २०७७, आईतवार १८:०१
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिकाका एक जनप्रतिनिधि र एक कर्मचारीलाई कोरोना पुष्टी भएको छ । सोमबार बिहान भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्जका ४७ बर्षिय पुरुष जनप्रतिनिधि र ५९ बर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएको हो । संक्रमित मध्ये एक जना नेपालगञ्जका वडाअध्यक्ष र अर्का उपमहानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारी रहेको […]