डोल्पाबाट सुर्खेतका लागि उडेको नेपाली सेनाको हेलिकप्टर लेकबेसीमा आकस्मिक अवतरण

सदरलाइन संवाददाता १६ श्रावण २०८१, बुधबार १८:५२
 

 

सुर्खेत :  मौसम खराबीका कारण डोल्पाबाट सुर्खेतका लागि उडेको नेपाली सेनाको हेलिकप्टर लेकबेसीको पुरानो घाटमा आकस्मिक अवतरण गरेको छ ।

डोल्पाबाट विरामी उद्दार गरेर सुर्खेत विमानस्थल ल्याउँदै गर्दा वीचममै मौसम प्रतिकुल बनेपछि पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–६, पुरानो घाटको खेतमा सेनाको हेलिकप्टरले आकस्मिक अवतरण गर्नु परेको हो ।


एनए–जीरोसिक्स (ढ ल्ण्ट) नम्वरको सेनाको हेलिकप्टरले डोल्पाबाट लेक लागेर विरामी भएका सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक नरबहादुर विसीलाई उद्दार गरेर सुर्खेत विमानस्थलमा ल्याउँदै गर्दा मौसम प्रतिकुल बनेपछि लेखबेसीको खेतमा फोर्स ल्याण्डिङ्ग गर्नु परेको लेकबेसी ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरीक्षक वीरबहादुर बोहराले जानकारी दिए । उनले मौसममा सुधार आउने वित्तिकै सेनाको हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गर्ने तयारी गरेको बताउनु भयो ।

यता सुर्खेत विमानस्थल कार्यालय सूचना अधिकारी उपेन्द्रप्रसाद आचार्यले मौसम प्रतिकुलताका कारणले आकस्मिक अवतरण गरेपनि केही बेरमै सुर्खेत विमानस्थलमा आउने तयारी गरेको जनाए । सुर्खेतमा आज बिहानैबाट ठूलो वर्षा भइरहेको छ । यसले नियमित हवाई उडान समेत प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको जमुनाह नाकाबाट बेचविखनको जोखिममा रहेका ५२६ जनालाई फर्काईयो

१६ श्रावण २०८१, बुधबार १८:५२
नेपालगञ्ज  :  मानव वेचविखनको लागि नेपालगञ्जको जमुनाह नाका अतयन्तै संवेदनशिल नाकाको रुपमा रहेको छ । मानव बेचविखनको क्षेत्रमा क्रियाशिल माईती नेपाल नेपालगञ्जका अनुसार मानवबेचविखनका दृष्टिले नेपालगञ्ज नाका अतयन्तै संवेदनशिल रहेको छ । माईती नेपालका अनुसार आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तसम्म जमुनाह नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय २६ जनालाई […]