सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा निर्माण भईरहेको हुलाकी सडकको कार्यपत्र प्रारम्भिकखालको मात्रै रहेको छ । दोश्रो चरणमा फेरी केही दिनमै कालोपत्रे थपिने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख युवराज पाखरेलले हाल भईरहेको पिँच पहिलो चरणको भएको बताए ।
हुलाकी सडक अन्तर्गत बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको पुष्पलालचौकदेखि नरैनापुर गाउँपालिकाको कटकुइया सम्म ४४ किलोमिटरमा हाल तीन स्थानबाट कालोपत्रेको काम सुरु भएको छ । हालसम्म ९ किलोमिटरमा पहिलो चरणको कालोपत्रे भएको छ । यो सडकको सम्पूर्ण काम साउन मसान्तभित्र भईसक्नुपर्ने समयसीमा छ ।
पप्पु लुम्विनी जेवीको ठेक्का भएपनि गणपति निर्माण सेवाले काम गरिरहेको छ । २२/२२ किमिको दुई खण्डमध्ये पहिलो खण्डका लागि ३४ करोड ६६ लाख र दोश्रो खण्डका लागि ३१ करोड ३९ लाख वजेट छ ।
