नेपाली व्यावसायी भन्छन : सीमालाई अझै कडाई गरौ, भारतीय व्यावसायीको गुनासो सीमा खुकुलो पारौ अतिभो

२ श्रावण २०७७, शुक्रबार १९:३९
 
फाईल फोटो

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणका नेपाल भारत सीमा नाका पुर्ण रुपमा सिल भएपछि नेपाल भारत सीमा क्षेत्रको भारतीय रुपैडिहा बजार प्रभावित भएको छ ।

पूर्णरुपले नेपाली ग्राहकको कारण चलेको सो बजारमा गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण नेपाली ग्राहक रुपैडिहा जान नपाउदा रुपैडिहाको ब्यावसाय अत्यन्तै प्रभावित भएको हो ।

लकडाउनको बेलामा किनमेलको लागि रुपैडिहा जान नपाउने भएपछि नेपालीहरु आफ्नै ठाउँमा किनमेल गर्दै आएको र उनीहरुले गुणस्तरिय सामान नेपालगञ्जमा नै पाएको कारण सीमा अझै कडा पारीनु पर्ने नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले बताए ।

उनले मानिसहरुमो रुपैडिहामा सस्तो सामान पाईने भ्रमका कारण जाने गरेको तर उनी पूर्णरुपमा ठगिएर कम तौल र कम गुणस्तरको सामान लिएर आउने गरेको बताउदै सीमा क्षेत्र अझ व्यवस्थित र कडा पानुपर्र्ने बताए ।


भारतमा पुर्णरुपमा लकडाउन खुले पनि नाकासिल भएकाकारण नेपाली ग्राहक रुपैडिहा बजार नगएपछि त्यहाँको बजारमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु भोकमरीको अवस्थामा पुग्ने अवस्था आएको गुनासो समेत गर्न थालेका छन् ।
उत्तरप्रदेश उद्योग व्यापार मण्डल रुपैडिहाका अध्यक्ष विजय मित्तलले नाका सिल भएकै कारण रुपैडिहाको बजार प्रभावित भएको भन्दै नेपाली ग्राहक रुपैडिहा बजार आउने बाताबरण बनाईदिन आग्रह समेत गरेका छन् ।

‘समयमै नाका नखुलाय व्यापारीले आर्थिक संकटको सामना गर्नुपर्ने अवस्था आउने भएकोले छिटो भन्दा छिटो नाका खोल्न दुबै सरकारले ध्यान दिनुपर्छ’–उनले भने ।

लकडाउनको बेलामा पनि आयात निर्यात जारि रहे जस्तै ग्राहकहरुलाई पनि आउन जान दिईनुपर्ने रुपैडिहा व्यवपार मण्डलका महामन्त्री संजय कुमार वर्माले बताए ।
लकडाउनका कारण महिनौदेखि बन्द भएको पसलमा राखेका जति सबै सामान विग्री सकेको किराना व्यावसायी बताउछन् ।

यस पटक आँपको राम्रो उत्पादन भएपनि ग्राहक नेपालबाट नगएपछि आँप कौडिको भाउमा विक्रि भैरहेको व्यावसायी सोनु बताउछन् । रुपैडिहा बजार नेपालबाट किनमेल गर्न जाने ग्राहकका भरमा चल्ने बजार हो ।

Next Post

पोखराको अमरसिंह चोकमा लेकाली कफी हाउस एण्ड जुस वार सञ्चालनमा

२ श्रावण २०७७, शुक्रबार १९:३९
सदरलाइनडटकम, पोखरा (कास्की) : पोखराको अमरसिंहचोकमा लेकाली कफि हाउस एण्ड जुस वार सञ्चालनमा आएको छ । कोरोनाको कहरलाई अवसरमा वदल्ने उद्देश्यका साथ होटल टास्क इन्टरनेश्नल प्रालिले साउन १ देखि कफि हाउस सञ्चालनमा ल्याएको हो । ग्राहकहरुलाई नितान्त अर्गानिक खानाका परिकारहरु समेत उपलब्ध गराउदै आएको लेकाली चुलोसंगै रहेको लेकाली कफि हाउस […]