बाँकेको बैजनाथमा काँग्रेसकै जीत

सदरलाइन संवाददाता ६ जेष्ठ २०७९, शुक्रबार १४:५५
 

बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउपालिकामा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन । काँग्रेस उम्मेदवार प्रकाश शाहले १२ हजार १ सय ८० मत प्राप्त गरेर विजयी भएका हुन ।

उनका उनका निकटतम प्रातिद्वन्द्वी एमालेका घननाथ खनालले १० हजार ३ सय ८२ मत प्राप्त गरे भने माओवादी केन्द्रका दिपेन्द्र शाह युगान्तले ५ हजार २ सय १४ मत प्राप्त गरी तेस्रो भए ।


बैजनाथ गाउपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका निर्मला रोकायले १२ हजार १ सय ५२ मत प्राप्त गरी बिजयी भईन । उनका निकटतम प्रातिद्वन्द्वी एमालेकी प्रेमपूर्णा योगीले १० हजार ७ सय ३३ मत प्राप्त गरेकी थिईन । सो पालिका एमालेले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको अघोषित लोडसेडिङ्विरुद्ध नागरिक धर्नामा

६ जेष्ठ २०७९, शुक्रबार १४:५५
नेपालगञ्ज :  चर्को गर्मीमा नेपालगञ्जमा बढ्दो अघोषित लोडसेडिङ्विरुद्ध जनदवाव दिइएको छ । विकासका लागि नागरिक सरोकार समितिको अगुवाईमा शुक्रबार नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रको मुलगेटमा धर्नासहित दवाव दिइएको हो । समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज जस्तो अत्याधिक गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ हुँदा यहाँका सर्बसाधारणले निकै सास्ती खेप्नु परेको […]

सम्बन्धित