सदरलाइनडटकम,
बुटवल : प्रेस संगठन नेपाल ५ नं. प्रदेश कमिटिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ खाएका छन् । बुटबलमा शनिवार आयोजित एक कार्यक्रमका बीच ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शपथ खुवाएका हुन् ।
नेकपा ५ नं. प्रदेश ईन्चार्ज समेत रहेका पोखरेलले नव गठित संगठनका पदाधिकारीहरुलाई शपथ खुवाएसँगै प्रेस संगठनको प्रदेश कमिटिले पूर्णता पाएको छ । तत्कालिन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको एकिकरण पछि प्रेस संगठनको जन्म भएको थियो ।
सत्तारुढ दल नेकपा निकट प्रेस संगठनले केही समय पहिले केन्द्र, प्रदेश र जिल्ला तहको नेतृत्व टुङ्गाएको हो । यसैबिच प्रेस संगठन नेपालको प्रथम प्रदेश भेलामा बुटवलमा शुरु भएको छ ।
