नेपालगञ्ज : अस्पतालहरुमा उपचारमा आउने विरामीका लागि रगतको अभाव हुन नदिनको लागि ‘वीई लभ फाउण्डेशन’ नेपालले नेपालगञ्जमा आयोजना बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रश सोसाईटी बाँकेसंगको सहकार्यमा आयोजित सो रक्तदान कार्यक्रममा १८४ जना रक्तदाताहरुले रक्तदान गरेको फाउण्डेशनका गोबिन्दबहादुर आलेले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार यो ६८० औ विश्वव्यापी रक्तदान अभियान रहेको बताईएको छ । वीई लभ फाउण्डेशन’ नेपालले विभिन्न समयमा मानविय कार्य गर्दै आएको र मानविय सेवामा खासगरी उपचारको लागि आवश्यक रगतको अभाव देखिएको जानकारी आएकोले बृहद रत्तदान कार्यक्रमको आयोजना गरिएको वीई लभ फाउण्डेशन’ नेपालका आलेले बताए ।


कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भण्डारीलाल अहिर, नेपालगञ्ज–४ का वडा अध्यक्ष गोपाल पुन लगायतले रक्तदाताहरुलाई रक्तदान गर्न उर्जा दिने भनाई राखेका थिए ।