वडा कार्यालयको ढोका फोडेर चोरी

सदरलाइन संवाददाता १ भाद्र २०८०, शुक्रबार १६:५४
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ फत्तेपुरको वडा कार्यालयमा गएराती चोरी भएको छ । चोरले वडा कार्यालयको ढोका फोडेर समाग्रीहरु लिएर गएको बताइएको छ ।

शुक्रबार राती करिब १ बजेको सयममा वडा कार्यालयमा चोरी भएको राप्तीसोनारी ६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए ।

बिहान कार्यालय सहयोगी वडामा पुगेर चोरी भएको बताएपछि वडाध्यक्ष आफुलाइ थाहा भएको बताए ।


वडाध्यक्ष खरेलका अनुसारका कम्प्युटर डेस्कट्प ३ थान, प्रीन्टर ३ थान, पंखा वाल ३ थान ब्याट्री २ थान, इन्भर्टर १ थान, पानी तान्ने मोटर १ थान, इ–हाजीरी मेसिन १ थान, झ्यालमा लगाइएको पर्दा ६ थान वाइफाइ राउटर १ थान, वालघडी १ थान, बल्ब २ थानगरी करिब ४ लाख बराबरको सामग्री चोरी भएको वडाध्यक्ष रेलले बताए ।

इलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोष्ट फत्तेपुर (ख) को प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रसायन तथा मेडिकल आपूर्ति संघ बाँकेको अध्यक्षमा पाण्डे

१ भाद्र २०८०, शुक्रबार १६:५४
नेपालगञ्ज : रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) बाँके शाखाको अध्यक्षमा कृष्ण प्रसाद पाण्डे चयन भएका छन् । केम्सन बाँकेको पहिलो साधारण सभाबाट पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो । त्यस्तै संघको उपाध्यक्षमा रमेश रिमाल, विष्णुदेव बुढाथोकी सर्वसम्मत महासचिवमा चयन भएको निर्वाचन समितिका संयोजक बसन्त गौतमले जानकारी दिए । […]