चितुवाको आक्रमणमा परी घाइते नीलगाईको मृत्यु

सदरलाइन संवाददाता १७ श्रावण २०८०, बुधबार १४:५१
 

नेपालगञ्ज : बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको उपचारका क्रममा मंगलवार मृत्यु भएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिए ।

राप्ती सोनारी गाउँपालिका वडा ५, ढलैयास्थित राप्ती सब डिभिजन वन कार्यालय अन्तर्गत राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहको ब्लक नं. ५ मा चितुवाले आक्रमण गरी घाइते भएको अवस्थामा सो नीलगाई पाइएको फरेष्टर खत्रीले बताए । उनका अनुसार मंगलवार दिउँसो उक्त नीलगाईको उद्धार गरी उपचार शुरु गरिएको थियो ।


आक्रमणमा परी घाइते भएको सो नीलगाईको जङ्गलमै पुगेर समूहका पदाधिकारी, एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका प्रतिनिधि तथा वन कर्मचारीको टोलीले उपचार शुरु गरेको र तत्पश्चात् उक्त नीलगाईलाई उद्धार गरी राप्ती सब डिभिजन वन कार्यालयमा पुर्याई पशु भेटेरिनरी डाक्टरले थप उपचार गर्ने क्रममा नीलगाईको मृत्यु भएको उनले बताए ।

मृत्यु भएको नीलगाईलाई सब डिभिजन वन कार्यालयको परिसरमा नियमानुसार प्रक्रिया पुर्याई खाडल खनी गाडिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका तीन सःमिलमा छापा, अवैध काठ बरामद

१७ श्रावण २०८०, बुधबार १४:५१
नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन वटा सःमिलमा छापा मारेको छ । नेपालगञ्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा अवैध काठ बरामद भएको छ । उनका अनुसार विभिन्न ठाउँबाट अवैध काठ ओसारपसार गरी चिरानका लागि जिल्लामा रहेका सःमिलमा राखेको भन्ने […]