दैलेखमा पेट्रोलियम अन्वेषण कार्य तीब्र

२१ मंसिर २०७६, शनिबार १८:२०
 

सदरलाइनडटकम,
दैलेख : दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामलाई तीव्र पारिएको छ । नाभिस्थान, शिरस्थान, पादुका लगायतका क्षेत्रमा सयौँ वर्षदेखि निरन्तर बलिरहेको ज्वाला क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको छ ।
नेपालको संविधान २०७२ जारी भएपछि मधेसवादी दलको समर्थनमा भारतले नाकाबन्दी गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चाइना गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो ।
उक्त सहमति अनुसार नेपाल सरकार खानी तथा भुर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चाइना सरकारको जिओलोजिकल सर्वे कम्पनी बिच २ अर्व ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा रहेका पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भए अनुसार अहिले अन्वेषणको कामले तीव्रता पाएको छ ।
उत्साहजनक नतिजा दैलेखमा सञ्चालन भइरहेको पेट्रोलियम अन्वेषण परियोजनामा लागेको चाइनाको विशेषज्ञ प्राविधिक टोलीले अहिले सम्म संकलन गरेका चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए । उनले टोलीले अहिलेसम्म गरेको सतही अध्ययनले जमिनमुनि रहेको पेट्रोलियम पदार्थलाई थुनेर राख्न नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण देखिएको बताए ।
दैलेखमा पेट्रोलियम अन्वेषण सुरु हुनु भन्दा पहिले अन्वेषण परियोजनाका भुगर्भविदहरूले प्रारम्भिक चरणको भौगर्भिक अध्ययन पूरा गरी नक्सासमेत तयार पारेर अहिले उक्त नक्सालाई आधार मानी विस्तृत अन्वेषण भइरहेको डा. त्रिपाठीले बताए । पेट्रोलियम अन्वेषण कार्यका लागि अहिले चार वटा सर्भे एकै पटक सञ्चालन भइरहेका छन् ।

Next Post

ट्रकको ठक्करबाट बालिका घाइते भएपछि कोहलपुरमा तनाव

२१ मंसिर २०७६, शनिबार १८:२०
सदरलाइनडटकम, कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरमा ना २ ख ९४५९ नंम्बरको ट्रकले स्कुले बच्चालाई ठक्कर दिएर घाइते भएपछि सो क्षेत्रको माहोल तनावग्रस्त भएको छ । आईतबार विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले सोही स्कुलमा पढ्ने विद्यार्थीलाई ठक्कर दिएको हो ।  घटनापछि आक्रोशित भएको भिडले बालिकालाई ठक्कर […]

सम्बन्धित