सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका सञ्चारकर्मी खगेन्द्र दाहालको तिज गीत ‘कम्मरै भाचेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित लोक दोहोरी गायिका टिका पुनले दाहाललाई आवाजमा साथ दिएकी छिन् ।
सार्वजनिक गरिएको ‘कम्मरै भाचेर’ बोलको गीतको छायाङ्गकन नेपालगञ्जमा गरिएको थियो । ‘कम्मरै भाचेर’ गीतमा राजेन्द्र बजगाईको संगित रहेको छ भने शव्द सञ्चारकर्मी दाहालकै छ । त्यस्तै गीतको म्युजिक एरेन्ज केशव बडुले गरेका छन् भने उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका निर्देशक नवराज सुवेदिले भिडियोको निर्देशन गरेका हुन् ।
भिडियोमा दिलबहादुर सुनार, भरत शाही, एलिजा लामिछाने र सरला शाहीले अभिनय गरेका छन् । भिडियोको छायांकन दिनेश ओलीले गरेका हुन् । सार्वजनिक गीतको भिडियो गायक दाहालले सञ्चालन गरिरहेको युट्युब च्यानल ‘हामी सबैको नेपाल’बाट सार्वजनिक गरिएको छ ।
