शान्ति पुनःस्थापना केन्द्र बाँकेद्वारा बेचखिनको जोखिममा रहेका २ सय ४६लाई सिमा क्षेत्रबाट उद्धार

रुद्र सुवेदी १३ श्रावण २०७९, शुक्रबार १९:२२
 

नेपालगञ्ज :  मानव वेचखिन बिरुद्धको क्षेत्रमा क्रियाशिल शान्ति पुनःस्थापना गृह बाँकेले एक वर्षको अन्तरालमा जिल्लाका विभिन्न चार नाका र एक परामर्श केन्द्रबाट २ सय ४६ युवतीको उद्धार गरेर पारिवारिक पुनरमिलन गराउदै ६ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गर्न सफल भएको छ ।

केन्द्रका जिल्ला संयोजक निर्मल सुवेदीले केन्द्रले बाँकेको नरैनापुर गाउँपालिकाको वडानं.१ स्थित सुइयानाका, डूडुवा गाउँपालिकाको वडानं.१ स्थित खडैचा नाका, जानकी गाउँपालिकाको वडानं. १ स्थित शिउपुरी, र नेपालगञ्जको जमुनाह नाका र कोहलपुर बसपार्कमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरुको उद्धार गरिएको जानकारी दिए ।

जिल्ला संयोजक सुवेदीले जमुनाह नाकाबाट एक वर्षको अन्तरालमा नेपालगञ्ज नाकाहुँदै भारतको विभिन्न स्थान पुगेका छ जना युवतीको उद्धार गरेको जानकारी दिए । उद्धार गरिएका किशोरीहरु भारतको उत्तर प्रदेशको उन्नाउबाट ४, लखनउबाट १ र हिमाञ्चलको सिमलाबाट १ जना गरी ६ जनाको उद्धार गरिएको केन्द्रले जनाएको छ ।

उनले भने–‘ नयाँ नयाँ रणनीति अपनाएर मानव बेचबिखनको कार्य भएको छ मुस्लिम समुदायका महिलाले लगाउने बुर्का लगाएर, नेटवर्किङ विजनेसको नाममा युवतीलाई भारत पुर्याइएको छ । यसको ठूलो जालो छ, पत्ता लगाउन सजिलो छैन ।’ उनले मानव बेचबिखनको कार्यमा लागेकाहरुले प्रविधि तथा न्यू मिडियाको प्रयोग गरेर आफ्नो जालमा पर्ने हुँदा सबै भन्दा ठूलोकुरा यसबारे सचेतना फैलाउन र जोगाउन पहल गर्न आवश्यक रहेको औल्याए ।

उनले बाँकेमा केन्द्र स्थापना भएपछि ५ हजार ९ सय १५ लाई मानव बेचविखन बिरुद्धको जोखिमको बारेमा सचेतना तथा परामर्श गरिएको र ती मध्य अत्यन्तै जोखिममा रहेका २ सय ४६ लाई उद्धार गरी परिवारिक पुनःमिलन गरिएको बताए ।


केन्द्रले बाँकेका विभिन्न नाकामार्फत उद्धार गरेका मध्ये बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका २४, जाजरकोटका २०,सल्यानका २०, रुकुम पश्चिमको १६, कैलालीको १२, दैलेखको ११, रोल्पाको १०, कालिकोटको १०, जुम्लाको पाँच लगायत ३१ जिल्लाका रहेका छन् । उनीहरु १६ देखि २५ वर्ष उमेर समूहका रहेको जिल्ला संयोजक सुवेदीले बताए ।

शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले मानव बेचबिखनको समस्या अत्यन्त जटिल भएको उल्लेख गर्दै केन्द्रले लुम्बिनी प्रदेशका १४ नाकाबाट सीमा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम गरिएको बताए ।

उनले एक वर्षको अवधिमा केन्द्रले बाँकेमा ५, कपिलबस्तुमा ४, बर्दियामा २ र दाङ्गमा १ जना गरी ११ जनालाई कानुनी दायरामा ल्याएको समेत जानकारी दिँदै नेपाल बाहेक अन्य मुलुकबाट उद्दारको नीति नहुँदा आफुहरुलाई कार्यक्षत्रमा कठिनाई र झमेला हुने गरेको गुनासो गरे ।

उनले केन्द्रले लुम्निी प्रदेशका विभिन्न जिल्ला मार्फत ५ सय ९४ लाई सीमा क्षेत्रबाट उद्धार गरी परिवारमा पुनःमिलन गराईएको र विभिन्न बाधा अड्चनको सामना गर्दै ११ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गर्न सफल भएको जानकारी दिए । उनले भने–‘ मानव बेचविखनको ठूलो सञ्जाल छ । यसको बिरुद्ध काम गर्ने संघ संस्थाहरु विभिन्न बाधा अड्चन र नीतिगत समस्यासंगै जुधेर जोखिम मोल्दै उद्धारको काम गर्दै आएका छौ ।’

उनले उद्धारको लागि भारत तथा तेस्रो मुलुकको लागि संयन्त्र निर्माण गर्ने नीतिगत कार्य गर्न सरकारले ध्यान दिएमा आफुहरु जस्ताको लागि काम गर्ने सहज बाताबरण हुने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट डेढ लाख बढीको सामान बरामद

१३ श्रावण २०७९, शुक्रबार १९:२२
नेपालगञ्ज : नेपालगञ्जको आदर्शनगरबाट १ लाख ७२ हजारको विभिन्न सामान प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज बाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । प्रहरीका अनुसार, बिशेष सूचनाको आधारमा भारत रुपैडिहा बाट भन्सार छली कुर्ता सुरुवाल कपडा ७१ थान, कुर्ति ४२ थान, फ्राक ५ थान, […]

सम्बन्धित