सुदूरपश्चिममा अझै पाठ्य पुस्तकको अभाव

सदरलाइन संवाददाता १६ श्रावण २०७९, सोमबार १४:३७
 

नेपालगञ्ज : सुदूरपश्चिममा शैक्षिक सत्र सुरु भएको तीन महिना हुँदैछ । तीन महिनामा पहिलो त्रैमासिक परीक्षासमेत सञ्चालन हुन्छ । तर, सुदूरपश्चिम पाठ्यपुस्तकको अझै अभाव छ ।

हरेक वर्षजस्तै यस वर्ष पनि सुदूरपश्चिममा पाठ्यपुस्तकको अभाव भएको हो । जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि साउन १५ गतेसम्म सुदूरपश्चिममा पाठ्यपुस्तकको व्यवस्थापन हुन सकेको छैन । किताब नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएका धनगढीको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयका प्रध्यानाध्यापक गणेशराज भट्टले बताए ।


सामुदायिक विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा जनक शिक्षा सामग्री केन्द्रको हो । यस वर्ष २२ लाख बढी पुस्तक वितरण गर्नुपर्ने जिम्मेवारी जनक शिक्षा सामग्रीसँग छ ।

तर, तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लामासमेत पुस्तक नपुगेको डोटीका शिक्षक भोजराज शर्माले बताए । तर जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिमका निर्देशक ध्रुवराज पन्तले अहिलेसम्म ९५ प्रतिशत पुस्तक वितरण गरेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

१६ श्रावण २०७९, सोमबार १४:३७
नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–९ घर भइ हाल खजुरा गाउँपालिका–४ एफ गाउँ बस्ने ३५ वर्षीय मोहन गिरी रहेका छन् । जिल्ला अदालत बाँकेले गिरीलाई लागु औषध मुद्दामा गएको चैत ९ गते दोषी ठहर गर्दै […]