मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना

७ श्रावण २०७६, मंगलवार १७:५८
 

सदरलाइनडटकम,
काठमाण्डौ : देशका विभिन्न स्थानमा मंगलवार भारी तथा केही भागमा अति भारी वर्षाको सम्भावना रहेकोले बाढीपहिरो तथा डुबानबाट सजग रहन मौसमविद्ले आग्रह गरेका छन् । दिउँसोभन्दा मनसुन राती बढी सक्रिय हुने भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले अहिले देशका अधिकांश स्थानमा मौसम बदली भएको र काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा भइरहेको जानकारी दिइन् ।
दिउँसो देशका केही स्थानमा भारी तथा एकदुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको उनले बताइन् । जसका कारण पहाडमा पहिरो, नदीनालामा बाढी तथा तराईमा डुबान हुने जोखिम रहेकाले सतर्क रहन उनको आग्रह छ । दिउँसोभन्दा राति मनसुन अझ सक्रिय हुने देखिएको भन्दै उनले आगामी तीन दिनसम्म मौसम यस्तै रहने सम्भावना रहेको जानकारी दिइन् । मौसम महाशाखाले पनि २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै बाढीपहिरो जाने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमविद् बासीका अनुसार अहिले दक्षिण भारततिर रहेको मनसुन न्यून चापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकोले बदली बढ्दै गएको हो । साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभाव पनि छ । उक्त रेखा जति नजिक हुन्छ उति वर्षाको मात्रा बढ्दै जाने मौसमविद्को भनाइ छ ।

Next Post

‘सूचना प्रविधिमा अभ्यस्थ नहुँदा स्मार्ट सिटी बनाउन सकिएन’

७ श्रावण २०७६, मंगलवार १७:५८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापामगरले प्रविधिको प्रयोगमा आमनागरिकहरु अझै अभ्यस्त हुन नसक्दा सुचना प्रविधिको क्षेत्रबाट प्रवाह गर्ने सेवा सुविधा प्रभावित भएको बताएकी छन् । कम्प्युटर एशोसियशन नेपाल महासंघ, बाँकेले नेपालगञ्जमा आयोजना गरेको डिजिटल बित्तीय सेवा सम्बन्धी अन्तरक्रियाको उद्दघाटन गर्दै उप–मेयर थापाले आमनागरिकलाई सूचना प्रविधिका बारेमा जानकारी गराउन […]