रझेना खानेपानी उपभोक्ता समितिमा नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी

सदरलाइन संवाददाता १३ आश्विन २०८०, शनिबार १३:३५
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका–३ मा रहेको रझेना खानेपानी उपभोक्ता समितिमा नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी पनि ह्वात्तै बढदै गएको छ । उपभोक्ता मतदाताको बीचमा आ–आफ्नो चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा व्यस्त छन ।

असोज १६ गते हुने निर्वाचन लक्षित कार्यक्रम र एजेण्डा सहित लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार केशवराज शाहीको टिमले आफनो प्रचार प्रसारलाई तिब्रता दिंदै आक्रामक शैलिमा घरदैलोमा जुटेको छ ।

लोकतान्त्रिक प्यानलमा शाहीको नेतृत्वमा, उपाध्यक्ष कृष्णा कुमारी योगी, सचिव सफि महम्मद गुज्जर, कोषाध्यक्ष गणेश मेदासी शाही, सदस्य तिर्थराज बुढा, लालसरी बुढा, रिता जैसी, कल्पना मल्ल र टेकबहादुर डागीले आ–आफनो प्रतिबद्धता र घोषणा पत्र लिएर चुनावी मैदानमा उत्रिएका छन ।

आफना प्रतिबद्धताका साथ घरदैलो अभियानमा जुटेको लोकतान्त्रिक प्यानलले आफुहरु निर्वाचित भएमा खानेपानी संस्थालाई भ्रष्टाचार रहित र सुसानयुक्त संस्थाको रुपमा विकसित गराउदै स्थानीयबासीहरुलाई स्वच्छ सफा पानी समयमै उपलब्ध गराउने दावी गरेका छन ।

शनिबार बिहान मदनचोकमा आफनो अभियानकै क्रममा भेटिएका अध्यक्षका उम्मेदवार केशवराज शाहिले प्रत्यक टोलमा रहेका टोल विकास संस्थाहरुसंगको समन्वमा खानेपानीका योजनाहरु सञ्चालन गरिने बताए ।


गरिव बिपन्न र असाहाय परिवारहरुलाई १० हजार युनिटसम्मको पानीमा न्युनतम शुल्क १०० कायम गर्ने, पिउन योग्य पानी उत्पादनका लागि शुद्धिकरण प्लान्ट निर्माण गरि दुर्गन्धरहित पानीको ब्यबस्था गर्ने उल्लेख गरेका छन ।

विधि बिधान र सुसासन हाम्रो मुलमन्त्र हो भन्दै सचिव पदका उम्मेदवार सफि मोहम्मद गुजरले सार्वजनिक स्थल, मठ मन्दिर, चर्च मन्दिर, र सरकारी स्कुलहरुमा निःशुल्क धारा जडान गरि खानेपानीमा सबैको पुहुच पुरयाउने बताउदै कोहलपुर नगरपालिकाका वडा नं. ३ र ४ मा खानेपानीको पायप लाईन विस्तार गरि आर्सेनिक रहित सफा पानीको ब्यबस्था गर्ने बताएका छन । उनले दैनिक ६ घण्टा पानी छाडने गरि कार्ययोजना सहित निर्वाचनमा आफु होमिएको समेत दावि गरेका छन ।

यसैगरि उपाध्यक्ष पदका उम्मेदवार कृष्ण कुमारी यागिले आफनो प्यानल निर्वाचित भए धारा मर्मत सम्भारका लागि सामान बाहेक अन्य कामहरु ४ घण्टा भित्र त्यो पनि निःशुल्क गर्ने प्रतिबद्धता जनाएकी छिन ।

उनले प्रत्यक महिनाको अन्तिम शनिवार रससफाईमा समेत आपना नागरिकहरुलाई जागरुक गराउन सरसफाईका कार्यक्रम समेत लागु गरिने बताएकी छिन ।

उपभोक्ताहरुका गुनासाहरु सम्बोधन गर्न प्रत्यक महिना २ पटक अन्तरक्रिया गर्ने र टोल टोलमा गुनासो पेटिका राख्ने गरि ब्यबस्था गर्ने उपाध्यक्ष पदकि उम्मेदवार योगिले बताएकी छिन ।

लोकतान्त्रिक प्यानलमा अध्यक्षमा केशव शाहीको चुनाव चिन्ह खरायो रहेको छ भने उपाध्यक्ष कृष्ण कुमारी योगिको केत्लि, कोषाध्यक्ष गणेश मेदाशी शाहीको कैँची ,सचीव सफि महम्मद गुजरको बस, सदस्यहरु कल्पना मल्लको बाघ, रिता जैसी जरायो,टेक बहादुर डागिको पुतली, तिर्थ बहादुर बुढाको बल्ब रलाल्सरा बुढाको ट्रयाक्टर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरस्वास्थ्य शाखा प्रमुख ठकुरीले गरे क्षमा याचना

१३ आश्विन २०८०, शनिबार १३:३५
कोहलपुर (बाँके) : समाचारको विषयलाई लिएर पत्रकारलाई अपशब्द प्रयोग गर्ने कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सिंह ठकुरीले सरोकारवाला निकायको रोबरमा क्षमा याचना गरेका छन । नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतारी नेपाल बाँके, प्रेस युनियन बाँके, प्रेस सेन्टर, क्रियाशिल पत्रकार कोहलपुरका जिम्मेवार पदाधिकारी सहित कोहलपुर नगरपालिका कार्यकारी प्रमुखको कार्यकक्षमा […]