सदरलाइनडटकम,
नेपालगञ्ज : अख्तियार दुरुपायोग अनुसंन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटेको टोलीले बर्दिया कर्णाली नदि व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत ३ जना ईञ्जिनियर र एकजना सवारी चालकलाई पन्ध्रलाख घुससहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
अख्तियारको नेपालगन्ज कार्यालयका शाखा अधिकृत नारायणदत्त उपाध्यायद्वारा जारी वित्रप्तीमा कर्णाली नदि व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत ईञ्जिनियरहरु कमल सिटौला, विशेश्वर प्रसाद शाह, हरिप्रसाद चौधरी र सवारी चालक टंकप्रसाद ओझासमेतले निर्माण आयोजनामा तारजाली भर्नेकामको बिल रकम भुक्तानी गरेबापत सेवाग्राहीबाट घुस मागेको उजुरीको आधारमा गरेको अपेरशनमा सेवाग्राहीबाट १५ लाख घुस लिईसकेको अवस्थामा बर्दिया गेरुवा गाउपालिका–१ बाट रंगेहात नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।
