बर्दिया : बर्दिया प्रहरीले राजपुरको विरयानी सेन्टरबाट लागू औषध सहित एकजनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । प्रहरीले बिरयानी सेन्टरका सञ्चालक अलिम अन्सारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार शनिबार ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलिले राजापुर नगरपालिका वडानं.४ राजापुर बजारका बर्ष ३१ को अन्सारीले संचालन गरेको बिरयानी एण्ड कफी शपमा शंका लागि खान तलासी गर्दा सो लागु औषध बरामद भएको हो ।
प्रहरीले अन्सारीको साथबाट नाईट्रा भ्याट–१० एमजिको ५ सय ७० टेब्लेट, स्पामो प्रोक्सीभोन प्लस २ सय ६४ टेब्लेट, र अल्प्रासाफे (अलप्राजोलम) .५ एमजिको ४ सय २० टेब्लेट बरामद गरेको जनाएको छ । प्रहरीले सो अबसरमा भिभो मोवाईल १, ३ हजार ७ सय ७० नेपाली रुपैया र २ सय २० भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ ।
यसैगरी बर्दिया प्रहरीले वेवारिसे अवस्थामा फेला परेका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । प्रहरी चौकी गणेशपुर बर्दियाको गस्ती टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडानं.११ गणेशपुरमा सडक बाटो छेउमा भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा छोडिएका अन्दाजी मुल्य १७ हजार ९० रुपैया बराबरका साईकलका सामानहरु बरामद गरी आबश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाएको जनाएको छ ।