डुडुवाका २७ जनालाई व्हिल चियर बितरण

२९ असार २०७६, आईतवार ११:३२
 

सदरलाइनडटकम,
डुडुवा ( बाँके ) :  गर्भवती अवस्थामा आमाको राम्रो हेरचाहर नियमित स्वास्थ्य परीक्षण गराउन सके अपाङ्गता धेरैमात्रामा घटाउन सकिने एक कार्यक्रममा जोड दिईएको छ । डुडुवा गाँउपालिकाले नेपालगञ्जमा आयोजना गरेको एक कार्यक्रममा बोल्ने सहभागीहरुले गर्भवती आमाको नियमित स्वास्थ्य परिक्षण तथा सही तरीकाले औषधी सेवनले अपाङ्गता न्युनीकरणमा धेरै सहयोग पुग्ने बताएका हुन ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्र्तगत कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति डुडुवा गाउपालिकाले आयोजना गरेको व्हिल चियर बितरण कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरीले फरक क्षमता भएका ब्यक्तिहरुले पनि सँसारमा एकसे एक उदाहरणीय कार्य गरेको बताए ।
समाजमा अझै पनि अपाङ्गता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताउँदै समाजमा रहेको नकारात्मक धारणा परिवर्तन गर्न तर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । जन्मजात, दुर्घटना तथा चेतनाको अभावका कारण अपाङ्गता हुने गरेको बताउँदै अरु कारणले हुने अपाङ्गता घटाउन नसकेपनि चेतनाको अभावले हुने अपाङ्गता मान्छे सचेत भए घटाउन सकिने अध्यक्ष चौधरीले जोड दिए ।
नागरिकको स्वास्थ्यलाई गाउापालिकाले प्राथमिकतामा राखेको जानकारी दिदै डुडुवा गाँउपालिकाका नागरिकहरु स्वास्थ्य सँस्था बाट पाउने सम्पुर्ण सेवा सुबिधा निशुल्क गरेको अध्यष चौधरीले जानकारी दिए । अहिले गाँउपालिकाले सेवाग्राहीहरु बाट नामदर्ताको लागि समेत पैसा नलिने गरेको चौधरीले जानकारी दिए ।
स्थानीय निकायमा सम्भवतः यस्तो सेवा उपलब्ध गराउनु आफनो गाँउपालिका पहिलो भएको बताँउदै मानिस लाई मात्र न भएर पशु स्वास्थ्यमा समेत निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई रहेको उनले जिकिर गरे । अहिले गाँउपालिकाको सबै नागरिकको स्वास्थय अवस्था थाहा पाउनको लागि स्वास्थ्य कार्ड समेत जारी गरेको बताउदै अध्यक्ष चौेधरीले बताए ।
स्वास्थ्य सेवामा कुनेै कन्जुस्याई तथा लापरवाही हुन न दिन कर्मचारीहरुलाई उत्प्रेरित गर्दै सेवा सुबिधामा कुनै कमजोरी भए कर्मचारीलाई सुबिधा थप गर्न आफु तयार रहेको बताए । गाँउपालिका कार्यक्षेत्र भित्रका बासिन्दाहरुको स्वास्थ्यलाई मद्धेनजर गर्दै गाँउपालिकाले २ वटा वडामा बहुउपयोगि ल्याब समेत सञ्चालनमा ल्याएको उनको भनाई रहेको थियो ।
गाँउपालिकाको वडा नम्बर २ बेतहनी र वडा नम्बर ५मा रहेको स्वास्थ्य चौकीमा सञ्चालन भएको सो ल्याबहरुमा हुने सम्पुर्ण स्वास्थ्य परिक्षण निशुल्क हुने गरेका उनले बताए । ल्याबमा गाँउपालिकाका सेवाग्राही तथा बिरामीहरुको दिशापिसाब, रगत, खकार , सुगर, टाईफाईड, मलेरिया,ज्वरो लगायतका सामान्य खालका परीक्षणका लागि स्थानिय स्तरमै परीक्षण भईरहेको अध्यक्ष चौधरीले भने ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्र्तगत कार्यक्रम सिफारिस तथा कार्यान्वयन समितिको आयोजनामा गरिएको व्हिल चियर बितरण कार्यक्रममा गाउँपालिका भित्र रहेका २७ जनालाई व्हिल चियर बितरण गरिएको थियो ।

Next Post

भानु चोकमा मनाईयो भानुभक्त जयन्ती

२९ असार २०७६, आईतवार ११:३२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती नेपालगञ्जमा एक कार्यक्रमवीच मनाइएको छ । भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा न्यूरोडस्थित भानुभक्त चोकमा श्रद्धाञ्जली कार्यक्रम तथा कवि गोष्ठीको आयोजना गरिएको हो । विक्रम सम्वत् १९७१ मा तनहुँको चुँदी रम्घामा जन्मेका आदिकवि आचार्यले संस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा […]