नेपालगञ्जमा आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट

२ कार्तिक २०७५, शुक्रबार १६:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा शुक्रवार बिहान आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बाँके जिल्ला हुलाक कार्यालय नजिकै रहेको तारा किराना तथा नास्ता पसलमा बिहान १० बजे आगलागी हुँदा करीब पाँच लाख बराबरको सामान जलेर नष्ट भएको हो ।
सल्यान घर भई नेपालगञ्ज माइत बस्दै आएकी पसलकी सञ्चालिका अंकिता योगीले छिमेकीको पसलमा विद्युत सर्ट भई आगो लागेको बताइन् । पहाड घर भएका छिमेकीले आफ्नो पसल बन्द गरी दशैं मनाउन घर गएपनि बिद्युत लाइन बन्द नगरेकोले सर्ट भएको उनको दाबी छ ।
छिमेकमै रहेको बारिस होटल एण्ड लजका सञ्चालकले बिजुली ननिभएर गएकोले सर्ट भएर आफ्नो पसलमा आगलागी हुँदा र्याक, फर्निचर, किरानाको सबै सामान जलेर नष्ट भएको योगीको आरोप छ ।


Next Post

कोहलपुरकी उप–मेयर सञ्जु फिलिपिन्सको मनिलामा

२ कार्तिक २०७५, शुक्रबार १६:२०
सदरलाइनडटकम      कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाकि उपमेयर सन्जु थारु बाताबरण सम्बन्धित कार्यशालामा भाग लिनको लागि फिलिपिन्स प्रस्थान गरेकि छिन् । एशियन इन्सिच्युट अफ टेक्नोलोजी फिलिपिन्सको फेलोसिप कार्यक्रममा भाग लिन जाने जनप्रतिनिधि मध्ये उपमेयर सन्जु मात्र हुन फिलिपिन्स गएकी हुन । यसो त सो कार्याक्रममा सार्कका विभिन्न देशबाट प्रतिनिधत्व रहने […]