रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २८ कार्तिक २०७८, आईतवार १४:५८
 

नेपालगञ्ज : रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आइतबार विहान साढे १० बजे रोल्पाको माडी गाउँपालिका वडा नं. २ घर्ती गाउँ नजिकै भएको जीप दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चाल तथा गाडी धनी माडी ६ बस्ने ५१ वर्षीय लुद्र घर्ती, सोही गाउँकै ४७ वर्षीय चौसरा कामी र ५५ वर्षीय टेक बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता कृष्ण रानाले जानकारी दिए ।

उनका अनुसार मृतकको तीनै जनाको शवलाई स्वस्थ्य केन्द्र घर्ती गाउँमा राखिएको छ ।


दुर्घटनामा घाइते हुनेहरुमा माडी ६ कै २१ वर्षीय सपना घर्ती मगर (टाउकोमा चोट), सोही ठाउँकी १८ वर्षीय लिला पुन मगर (ढाड र टाउकोमा चोट), पञ्चना विक घाइते भएका छन् । घाइते मध्ये घर्ती र पुनको अवस्थाा गम्भीर रहेको प्रहरी प्रवक्ता रानाले बताउनुभयो ।

विकको अवस्था मध्यम रहेको र घर्ती गाउँमा प्राथमिक उपचारपछि घाइते तीन जानालाई थप उपचारका लागि सदरमुकाममा रहेको रोल्पा अस्पताल लगिएको छ ।

आइतबार माडी ६ हान्निङ भन्ने ठाउँबाट घर्ती जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप सहिद मार्गमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । जीप भिरबाट करिब ३०० मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुङ्गा दुर्घटनामा बेपत्ता बालकको अवस्था अझै अज्ञात

२८ कार्तिक २०७८, आईतवार १४:५८
धनगढी : महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन । गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता भएका थिए । बेपत्ता भएको सन्दीपको अवस्था अझै अज्ञात रहेको जिल्ला […]