अन्तरजातीय विवाहबाट असन्तुष्ट पिताले छोरी जलाए

२४ बैशाख २०७६, मंगलवार १७:५६
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा अन्तरजातीय विवाह गरेको भन्दै पिताले छोरीलाई जलाएका छन् । महाराष्ट्रको अहमदनगरको परनेर तालुकामा रहेका निक्सोज गाउँमा यो घटना भएको हो । ६ महिना पहिले रुक्मिणी र मंगेश रणसिंघेको विवाह भएको थियो । १९ वर्षीय रुक्मिणीले मंगेश रणसिंघेसँग प्रेम विवाह गरेकी थिइन् ।
रुक्मिणी र उनका श्रीमानको जात मिल्दैनथ्यो । यसै कारण रुक्मिणीका पिता, काका र मामाले मिलेर उनी र उनका पतिलाई जिउँदै जलाए । पिताको इच्छाविपरित विवाह गर्दा रुक्मिणीले ज्यान गुमाउनु पर्यो । विवाहपछि पनि रुक्मिणीको माइतीपक्षका मानिसले उनीहरुको सम्बन्धको विरोध गरिरहे । यसबाट हैरान भएर रुक्मिणी र मंगेशले फेब्रुअरी महिनामा रुक्मिणीको माइती पक्षमाथि उजुरी पनि दर्ता गरेका थिए ।
रुक्मिणीका मातापिताले गत अप्रिल ३० तारिखमा माइती बोलाएका थिए । उनलाई माइतीमा बोलाएर कुटपिट गरियो । यो घटनाबारे उनले आफ्ना श्रीमान मंगेशलाई फोन गरेर जानकारी दिइन् । अर्को दिन मंगेश आफ्नी पत्नीलाई लिन गए । त्यही समयमा उत्तर प्रदेश बस्ने रुक्मिणीका काका र मामा पनि त्यहाँ पुगेका थिए । उनीहरुले रुक्मिणी र मंगेश दुवैलाई कुटपिट गरेर डोरीले बाँधि पेट्रोल छर्केर आगो लगाइदिए । घटनाबारे छिमेकीले थाहा पाएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । रुक्मिणीको शरीर धेरै जलिसकेकोले उनको ज्यान गयो । उनका पति मंगेश रणसिंघेको उपचार भईरहे पनि अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
परनेर प्रहरीले यो घटनालाई लिएर रुक्मिणीका मामा घनश्याम र काका बिल्लू पण्डित भनिने सुरेन्द्र बाबुलाललाई पक्राउ गरेको छ । घटनापछि रुक्मिणीका पिता रामा रामफल फरार भएका छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले पेट्रोलको बोतल तथा अन्य सामानहरु पनि बरामद गरेको छ । रुक्मिणीका देवर महेश रणसिंघेले घटनाबारे प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले बेवास्ता गरेकोले यस्तो अवस्था भोग्नुपरेको आरोप लगाएका छन् ।

Next Post

लुम्बिनी भ्रमण वर्षको तयारीमा जोडतोड

२४ बैशाख २०७६, मंगलवार १७:५६
सदरलाइनडटकम, नेपालगञ्ज : पाँच नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष–२०७६ को प्रचारलाई तिब्रता दिएको हो । प्रदेश मन्त्रीसहितको जम्बोटोली प्रचारप्रसारको क्रममा नेपालगन्जमा आईपुगेको छ । प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २०७६ लाई लुम्बिनी […]