बेरुजु असुल गर्ने प्रक्रिया थाल्दै कोहलपुर

सदरलाइन संवाददाता २० श्रावण २०८०, शनिबार १३:५९
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले ४३ करोड बढी रुपैयाँ बेरुजु असुल गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । नगरपालिका स्थापना भएको २०७३ सालदेखि गत आर्थिक वर्षसम्म नगरपालिकाको रु ४३ करोड ६६ लाख, ३२ हजार ७८६ रुपैयाँ बेरुजु छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नियमित गर्नुपर्ने बेरुजु रु ३६ करोड ४२ लाख १० हजार ७३७, असुल उपर गर्नुपर्ने बेरुजु रु १ करोड ४३ लाख ७८ हजार ७४४ र म्याद नाघेको पेश्की बेरुजु रु ५ करोड ८० लाख ४३ हजार ३०५ रहेको छ ।

विभिन्न पदाधिकारी, निर्माण व्यवसायी, व्यापारी, विद्यालय, गैरसरकारी संस्थाहरु र शाखा÷उपशाखा तथा कर्मचारीहरुको नाममा रहेको असुल उपर हुनुपर्ने रु १ करोड ४३ लाख ७८ हजार ७४४ असुलउपरका लागि ३१४ जना व्यक्ति तथा संस्थाहरुलाई तत्काल बेरुजु फर्छ्यौट गर्न पत्र काटिएको छ ।


सुशासनको प्रत्याभूति नगरवासीलाई गराउने उद्देश्यले गत आर्थिक वर्षको अन्त्य देखि बेरुजु फर्छ्यौट गर्ने कार्यमा नगरपालिका सक्रिय भएर लागेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा बेरुजु फर्छ्यौटमा कडाइ गर्न कर्मचारीहरुलाई निर्देशन दिइएको पनि उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ–‘हाल सम्म ५५ प्रतिशत बेरुजु नियमित गरिएको छ । यस आर्थिक वर्षको अन्त्यसम्म ७५ प्रतिशत बेरुजु फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरिएको र उक्त बेरुजु फर्छ्यौटको लागि कर्मचारीहरुलाई सक्रियतापूर्वक लाग्न कडा निर्देशन दिइएको छ ।’

सस्थागत सुधारका लागि बेरुजु असुल पनि एक हो । ‘सुशासन र जवाफदेहिता हाम्रो प्रमुख संकल्प हो नगर प्रमुख आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘हाम्रो यस संकल्पमा आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा क्यान्सर अस्पताललाई सुविधा सम्पन्न बनाईंदै

२० श्रावण २०८०, शनिबार १३:५९
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी आउने गर्दछन् । तीन प्रदेशको क्यान्सर अस्पताल यो मात्रै हो । नारायणी नदी पश्चिमका जनतालाई यो अस्पतालले सेवा दिइरहेको छ । सय बेडको संरचनागत स्वीकृति भएको अस्पतालमा अहिले ५७ बेड रहेको छ […]

सम्बन्धित