हरेक नागरिकले योग गर्नुपर्ने : मन्त्री नमुना

सदरलाइन संवाददाता ५ फाल्गुन २०८०, शनिबार १३:४३
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले योग विज्ञान जीवनोपयोगी भएकाले हरेक नागरिकले योग गर्नुपर्ने बताएकी छन् । योग समिति नेपालको साधारणसभा एवम् तेस्रो अधिवेशनको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री नमुनाले अस्वस्थकर जीवनशैली बढ्दै गएको सन्दर्भमा हरेक नागरिकलाई योगमा जोड्न जरुरी रहेको बताइन् ।

योग विज्ञान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै उनले स्वस्थ मनस्थिति, स्वस्थ विचार र शारीरिक तन्दुरुस्तीले मात्र सार्थक र सुन्दर जीवन बाँच्न सकिने उल्लेख गरिन् । स्वस्थ भए मात्र मानव क्रियाकलाप सही ढंगले अगाडि बढ्ने मन्त्री नमुनाको भनाई छ ।


योग समिति नेपालका अध्यक्ष योग गुरु गिरिराज शर्मा भट्टरार्ईको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा योग समितिमा आबद्ध विभिन्न व्यक्तित्वहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । योग समिति नेपालले योगको महत्व बुझाउँदै आम नागरिकलाई योग गर्न अभिप्रेरित गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक निर्माण पूरा गराउन मन्त्रीको ध्यानाकर्षण

५ फाल्गुन २०८०, शनिबार १३:४३
नेपालगञ्ज : बाँकेको खजुरामा अलपत्र एक हजार ८०० मिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूरा नभएपछि स्थानीय बासिन्दाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् । खजुराका अगुवा शिव श्रेष्ठले खजुरा सडकको काम छिटो सम्पन्न गर्न र पेडारी नालामा पक्की पुल निर्माण गर्न आग्रह गरे । […]