बाँकेमा लेनदेन मुद्दाका एक फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता ३ बैशाख २०८०, आईतवार १४:३२
 

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेबाट लेनदेन मुद्दामा दोषी ठहर भई २ वर्ष जेल सजाय पाएर फरार रहेका राप्तीसोनारी ८ बाँकेका बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकीलाई आइतवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


जिल्ला अदालत बाँकेबाट लेनदेन मुद्दामा २०७९ चैत २७ गतेको फैसलाबाट दोषी ठहर भएर फरार रहेका बुढाथोकीलाई पक्राउ गरी आइतवारनै आबश्यक कारबाहीका लागि जिल्ला अदालत बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा जन्म दर्ताको अवस्थाबारे २३ वटै वडामा अनुगमन

३ बैशाख २०८०, आईतवार १४:३२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाभित्र जन्म दर्ताको अवस्थाबारे अनुगमन गर्न थालिएको छ । जन्म दर्ता सम्बन्धि अभिमुखीकरणपछि वडा वडामा जन्म दर्ताको अवस्थाबारे अनुगमन गर्न थालिएको हो । अनुगमनका क्रममा पछिल्लो समय जन्म दर्ता गराउनेको संख्या बढेको पाइएको छ । पहिलो चरणमा वडा नम्बर १४, १५, १६ र २३ मा गरिएको अनुमगनका […]

सम्बन्धित