बिओपी कालाबञ्जरमा तीन हजार बृक्षारोपण

२६ असार २०७६, बिहीबार १६:३२
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट कालाबञ्जर बाँकेमा बिहीवार बृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालयको आर्थिक र प्राबिधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित सशस्त्रको बीओपीमा बृक्षारोपण गरिएको बीओपी कालाबञ्जरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिंहले जानकारी दिए ।
कार्यालयले प्रदान गरेको बकाइनो, मसला, जामुन, अमला, सागवन, गुलमोहर, निम, सितलचिनी प्रजातिका ३ हजार १ सय बिरुवा बीओपी परिसर भित्र रोपिने शसस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेडक्वार्टर, बागेश्वरी बाँकेका गणपति एवं शसस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, शसस्त्र प्रहरी उपरीक्षक शाह, डिभिजन बन कार्यालय बाँकेका अधिकृत मोहन श्रेष्ठ, सहायक बन अधिकृत रमेश बुढाथोकी, कोलेनिका बाँकेका प्रमुख कोष नियन्त्रक रामचन्द्र शर्मालगायतले बृक्षारोपण गरेका थिए ।


Next Post

जनप्रतिनिधिलाई स्वास्थ्य क्षेत्रप्रति उत्तरदायी बन्न आग्रह

२६ असार २०७६, बिहीबार १६:३२
सदरलाइनडटकम,जानकी (बाँके) : जिल्ला समन्वय समिति बाँकेका संयोजक अजकुमार श्रीबास्तबले स्थानीय तहका पदाधिकारीलाई स्वास्थ्य र शिक्षा पनि विकासको महत्वपूर्ण पाटो हो भनेर प्रथामिकतामा राख्न आग्रह गरेका छन् । उनले स्वास्थ्य कार्यालय बाँकेले स्थानीय तहका पादधिकारीलाई स्वास्थ्य क्षेत्रप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ दुई दिने स्वास्थ्य सम्बन्धी क्षमता अभिबृद्धि तथा अभिमुखिकरण कार्यक्रम […]

सम्बन्धित