कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु

सदरलाइन संवाददाता २३ श्रावण २०७८, शनिबार ११:५९
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा बर्दियाका दुईजना पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार गुलरिया नगरपालिका ९ बर्दियाका ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका २ बर्दियाका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । गुलरियाका पुरुष कोभिड पुष्टि भएपछि थप उपचारका लागि श्रावन ११ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।


स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रवार राती साढे १० बजे मृत्यु भएको हो । त्यस्तै श्रावन २० गते कोभिड पुष्टि भएपछि सोही दिन उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका बारबर्दियाका पुरुषको शनिवार बिहान ७ बजे मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणका हालसम्म उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फुल्टेक्राको चौतर्फी विकासका लागि समिति निर्माण

२३ श्रावण २०७८, शनिबार ११:५९
नेपालगञ्ज : फुल्टेक्राका युवाहरुको अगुवाईमा बृहत विकासका लागि पहल गरिएको छ । धार्मिकस्थल स्थानीय हडियाबाबा आश्रममा शनिबार भएको भेलामार्फत फुल्टेक्राको चौतर्फी विकासका लागि समिति गठन गरिएको छ । भेलामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा, रामनगर, नयाँबस्ती लगायतको स्थानमा रहेका सम्पूर्ण सानो ठूलो मठमन्दिरको बृहत विकासका लागि कार्य थालनी गर्ने, […]