सदरलाइनडटकम,
दाङ : नातिनीलाई करणी गरेको आरोपमा दाङमा ६८ वर्षीय हजुरबुवा पक्राउ परेका छन् । लमहीमा १२ वर्षीया नातिनीलाई करणी गरेको अभियोगमा हजुरबुवा पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हुजुर बुवालाई पक्राउ गरेको जनाएको छ ।
आइतवार दिउँसो घटना भएको जानकारी आएपछि बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । अदालतमा सोमवार करणी मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
करणी अभियोगमा बालिकाको कान्छो हजुरबुवा पक्राउ परेका हुन् । ललाईफकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएको प्रहरीले बताएको छ ।
