संविधान संशोधन भन्दा कार्यान्वयनमा ध्यान दिनुपर्छ : अधिकारी

११ आश्विन २०७३, मंगलवार १४:१७
 

सदरलाइनडटकमunnamed (1)
११ असोज, काठमाडौं : नेकपा एमालेका नेता भरतमोहन अधिकारीले संविधान संशोधन भन्दा पनि कार्यान्वयनतर्फ लाग्नुपर्ने स्पष्ट पारेका छन् । मंगलबार प्रतिभा जाति नागरिक समाज नेपालले प्रकाशित गरेको ‘प्रतिभा सन्देश’ नामक स्मारिकाको रिपोर्टर्स क्लब नेपालमा विमोचन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता अधिकारीले भने,‘संविधान संशोधन भन्दा पनि यसको कार्यान्वयनको लागि सबैले ध्यान दिनुपर्छ, कार्यान्वयन विनाको यो बहस अनावाश्यक हुन्छ ।’


  उनले निर्धारित समयमै चुनाव गर्नुको विकल्प नभएको समेत जिकिर गरे । उनले मुलुक अहिले संक्रमणकालिन अवस्थामा रहेकोले संविधान संशोधन भन्दा बढि कार्यान्वयनमा जोड दिनुपर्ने जिकिर गरेका हुन् । अधिकारीले थपे,‘संशोधनको लागि विभिन्न कानुन तथा ऐनहरु बनाउनतिर लाग्दा संविधान नै असफल बनाउने तत्वहरुले फाईदा लिन सक्ने संभावना देखियो, यसबाट शर्तक रहनुपर्छ ।’अधिकारीले मुलुक आर्थिक समृद्धितर्फ अघि बढेमात्रै सबै खाले विभेद तथा असमानताहरु हट्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले जातीय छुवाछुत र सामाजिक विभेदको विरुद्ध प्रतिभा सन्देश स्मारिकाले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् । धमलाले भने,‘प्रतिभा जाति नागरिक समाजले जातीय छुवाछुत र सामाजिक विभेद हटाउन अहम भूमिका खेलेको छ, म यसको खुलेरै प्रशंसा गर्न चाहन्छु ।’
उक्त स्मारिकाको प्रधान सम्पादकमा पत्रकार विष्णु कुमार प्रसाई रहेका छन् । स्मारिकामा दलितको नाममा भएको सामाजिक विभेदलाई अन्त्य गर्न प्रतिभाशाली वैज्ञानिक एवम् प्राविधिक समुदायलाई दलित नभनेर प्रतिभा जाति भनेर अगाडि बढिरहेको कामलाई प्रोत्साहन गरिएको प्रधान सम्पादक प्रसाईले जनाए । संस्थाका अध्यक्ष एवम् संरक्षक दलवीर विश्वकर्मा रसाईलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्दोलन सशक्त बनाउन जिम्मेवारी बाँडफाँड

११ आश्विन २०७३, मंगलवार १४:१७
सदरलाइनडटकम  ११ असोज, नेपालगन्ज : बाँकेलाई ५ नम्वर संघीय प्रदेशको राजधानी बनाउने आन्दोलन थप पेचिलो बन्दै गएको छ । बाँके राजधानी सर्बदलिय, सर्बपक्षिय सँघर्ष समितको मंगलबार बसेको बैठकले थप जिम्मेवारी बाँडफाड गरेपछि आन्दोलन सशक्त बनाइने भएको हो । समितिको सह–संयोजकमा ललितकुमार रौनियार, सदस्य सचिवमा अतहर हुसेन फारुखी र सचिवालय सदस्यमा […]

सम्बन्धित