सदरलाइनडटकम,
नेपालगञ्ज : रुखमा झुण्डिएको अवस्थामा बिहीवार विहान नेपालगञ्जमा एक युवकको शव भेटिएको छ । नेपालगञ्ज वडा नम्बर १२ मा एक युवकको झुण्डिएको अवस्थामा भेटिएको हो ।
नेपालगञ्ज मेडिकल कलेजको पछाडीस्थित बगियामा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा बर्दिया बढैयाताल गाउँपालिका १ का बालकृष्ण मल्लको शव भेटिएको प्रहरीले जनाएको छ ।
आफ्ना बहिनीहरुसँग कोरियनपुर बस्दै आएका मल्ल भेरी प्राविधिकमा टेक्निकल विषय लिएर अध्यन गर्दै आएको प्रहरी बिटका हवल्दार बुद्धी चौधरीले बताए ।
