विश्व वातावरण दिवसमा नेपालगञ्जमा बृक्षारोपण

सदरलाइन संवाददाता २२ जेष्ठ २०७९, आईतवार १३:१०
 

नेपालगञ्ज : विश्व वातावरण दिवसका अवसरमा नेपाल विद्यार्थी संघ बाँकेले बृक्षारोपण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित कान्ति ताल परिसरमा बृक्षारोपण गरिएको नेविसंघ बाँकेका कार्यवाहक अध्यक्ष चक्र रावतले जानकारी दिए ।


आइतवार विहान आयोजित बृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, सहमहामन्त्री निमा गिरी, बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेल, सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, महासमिति सदस्य राजकुमार बर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपमेयर उमा थापा मगर, हरित अभियन्ता हेमन्तराज काफ्ले लगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोहिणी खोलामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

२२ जेष्ठ २०७९, आईतवार १३:१०
रुपन्देही : रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनाका ९ जना मृतकमध्ये चार जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् । यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल […]