सर्च एजुकेशन कन्सलटेन्सीको आयोजनामा २२ जनाले गरे रक्तदान

१९ जेष्ठ २०७५, शनिबार १५:०६
 

सदरलाइनडटकम
१९ जेठ, नेपालगन्ज : गर्मीयाममा हुने विभिन्न रोगको विरुद्ध उपचारको लागि रगतको कमी हुन नदिन विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना दैनिक जसो हुने गरेको छ ।
नेपालगन्जमा शनिबार उच्च शिक्षाको लागि शैक्षिक परामर्शको लागि सञ्चालनमा रहेको सर्च एजुकेशनल कन्सल्टेन्सीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । स्वयमसेवी भावले सुरु गरेको सो कार्यक्रममा २२ जनाले रक्तदान गरेको सर्च एजुकेशनल कन्सलटेन्सी नेपालगन्ज शाखाका सञ्चालक सुधिर गौतमले जानकारी दिए ।
उनले सामाजिक कार्यमा आफु र आफ्नो संस्था सर्च एजुकेशनल कन्सलटेन्सी जोडिनको लागि रक्तदान कार्यक्रमकोृ आयोजना गरेको जानकारी दिदै भने–‘गर्मी याममा फैलिने विभिन्न खालका रोगको उपचारको लागि आवश्यक पर्ने रगतको कमीहुन नदिनको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।’
नेपालगन्जको सुर्खेतरोडमा रहेको सर्च एजुकेशनल कन्सलटेन्सीले विभिन्न विषयहरुमा उच्च शिक्षाको लागि भारत लगायत तेस्रो मुलुक जानको लागि आवश्यक पर्ने विभिन्न तयारी कक्षा सञ्चालनको साथै भिसा प्राप्तीको लागि समेत सहजिकरण गर्ने कार्य गर्दै आएको सञ्चालक गौतमले बताए ।
उनले भने–‘हाल आईएलटिएस र एसएटी (सेट) जस्ता विषयको तयारी कक्षा नेपालगन्ज शाखामै सञ्चालन भएको छ । साथमा विभिन्न मुलुक पढ्न जाने विद्यार्थीको लागि आवश्यक परामर्श, भिषा प्रकृयाको सहजिकरण, कलेजहरुमा भर्ना गरिदिने जस्ता कार्य गर्दै आएका छौ ।’
उनले विभिन्न विषयमा मुलुक बाहिर अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षितगरी उनीहरुलाई परामर्श दिने साथै कलेज छनौट गर्ने, भर्ना गर्नको लागि काठमाण्डौसम्म जानु नपरोस भनेर नै नेपालगन्जमै आफुहरुले शाखा विस्तार गरेको दाबी गरे ।  


 

Next Post

वडानं. १२ का विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण

१९ जेष्ठ २०७५, शनिबार १५:०६
सदरलाइनडटकम  १९ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ चिडिमार टोलका विपन्न परिवारका तथा विद्यालय बाहिर रही भर्ना अभियान अन्तर्गत हालै भर्ना गराईएका ६३ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्वारा उप–महानगरपालिकाको ५ वटा गरिब र विपन्न बस्तीमा संचालन गरिएको सहयात्रा […]