नरैनापुरका अधिकांश गाउँ डुबानमा

८ असार २०७६, आईतवार १७:२६
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : शनिवार रातिदेखि परेको अविरल बर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुवानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।


बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । सय भन्दा बढी घर डुबेको र झण्डै १ दर्जन घर भत्किएको अध्यक्ष शाहले जानकारी दिए । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ ।
पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुबैतिर कटान गरेको अध्यक्ष शाहले बताए । अविरल बर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रबीर विश्वकर्माले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।


Next Post

खजुरा गाउँपालिका साक्षरोन्मुख

८ असार २०७६, आईतवार १७:२६
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका साक्षरोन्मुख भएको छ । हालसम्म वडा नं. १ देखि वडा नम्बर ६ सम्म साक्षर वडा घोषणा गरिएको छ । अब २ वडा घोषणासंगै खजुरा गाउँपालिका साक्षर गाउँपालिका हुनेछ । खजुरा वडा नं. ५ र ६ लाई आईतवार साक्षर वडा घोषणा गरिएको छ । […]